“द सुल्तान अफ स्ट्रिङ्स, अनिल शाही लाइभ कन्सर्ट’ म्यारिल्याण्डमा भब्यतापुर्बक सम्पन्न

इनेप्लिज २०७५ जेठ २९ गते ०:५४ मा प्रकाशित

वाशिंगटन डी.सी., अमेरिका । नेपा पासा पुच अमेरिकाय (एनपीपीए) र नेवा अर्गनाइजेसन अफ अमेरिका (एनओए)को सयुक्त्त आयोजनामा अनिल शाही सांगीतिक साँझ म्यारिल्याण्डको कोलम्बियामा भब्य रुपले सम्पन्न भएको छ । ” अनिल शाहीसंग एक साङ्गितिक साँझ”मा  प्रख्यात सारंगीवादक श्याम नेपाली र तबलामा न्ह्युछेमान डंगोलले साथ दिएका थिए ।

नेपालबाट भर्खरै साङ्गितिक कार्यक्रमहरुको शिलसिलामा हाल अमेरिका आइपुगेका अनिल शाहीले वाशिंगटन डी.सी. महानगर क्षेत्रका संगीत पारखीहरु माँझ आफ्नो प्रस्तुति दिएका हुन् ।  साङ्गितिक कार्यक्रममा अनिल शाहीको गितार, श्याम नेपालीको सारंगी र न्ह्युछेमान डंगोलको तबलामा दर्शकहरु मन्त्र मुग्ध भए थिए । कार्यक्रम अवधिमा अनिल र श्यामले विभिन्न देशमा साङ्गितिक भ्रमणका क्रममा अनुभव गरेका ठट्यौलीहरुका साथमा आफ्ना प्रस्तुति दिएका थिए ।

‘द सुल्तान अफ स्ट्रिङ्स, अनिल शाही लाइभ इन कन्सर्ट’ नामले प्रस्तुति दिदै आएका अनिलले उपस्थित दर्शकलाई झुम्याएका थिए । अमेरिकामा  रहेका नेपाली तथा अमेरिकनहरुको साथै नेपा पासा पुच अमेरिकाय (एनपीपीए) र नेवा अर्गनाइजेसन अफ अमेरिका (एनओए) प्रतिनिधी, बानाकी अध्यक्ष अनु वन्त र नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक पूर्णसिंह बराइली लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

आयोजक समुहकी वविता प्रधान श्रेष्ठले कार्यक्रम उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् । साथै एनपीपीए को सकृय भूमिका रहेको थियो भने संस्थाका अध्यक्ष राजु जोशीले स्वागत तथा धन्यवाद एनओएका अध्यक्ष बबिता प्रधान श्रेष्ठ का साथ दिएका थिए ।

अपेक्षा गरिएको भन्दा धेरै राम्रो कार्यक्रम भएको र नेपाली  कला संगीतलाई आगामी दिनमा पनि यस्तै सहयोग गर्न अपिल गरेकी छन् ।

प्रतिक्रिया