“एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” को मासिक "विज्ञ फोरम" मा हार्दिक निमन्त्रणा !!!

इनेप्लिज २०७५ वैशाख १२ गते १:१४ मा प्रकाशित

आदरणीय गैर-आवासिय नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरु,

नमस्कार!

नव वर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना! अमेरिकाभरी छरिएर बस्नुभएका गैर-आवासीय नेपालीहरुलाई सहयोग गर्न गठित “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” ले यही अप्रिल २९ देखि “विज्ञ फोरम” संचालनमा ल्याउँदैछ I विभिन्न क्षेत्रका व्यवसायिक दक्षता र अनुभव बोकेका विज्ञहरुबाट विभिन्न क्षेत्रसम्बन्धि कुरा सुन्ने तथा आफ्ना जिज्ञासा/प्रश्नहरुको उत्तर मिल्ने अवसर प्रदान गर्न यस्तो जानकारीमुलक कार्यक्रम सुरु गरिएको हो I आम नेपालीलाई यस्तो कर्यक्रमले प्रत्यक्ष फाइदा गर्नेछ र समग्र अमेरिकी-नेपाली समाजलाई बढी सु-सुचित र सु-सज्जित बनाउनेछ भन्ने हाम्रो विश्वास छ I पहिलो कार्यक्रम “कानूनी फोरम” हुनेछ जसमा यहाँलाई हार्दिक निमन्त्रणा छ I   यो कार्यक्रम फोन कन्फेरेंसिंग तथा अनलाईन “फेसबुक लाइव” बाट संचालन गरिनेछ I हरेक अंग्रेजी महिनाको अन्तिम आइतवार यो कार्यक्रमसंचालन हुनेछ I

कार्यक्रम: विज्ञ फोरम

विषय : अध्यागमन भिसाहरु (नागरिक, ग्रीन कार्ड, रोजगारी, विद्यार्थी, टी.पी.एस.)

विज्ञ वक्ता: बिनोद रोका, अधिवक्ता

डायल: ६०५-४७५-४०००; पिन: ६०५-४७५-४०९९

समय: (८:३० – १०:३०) साँझ (पूर्वीय)

मिति: २९ अप्रिल, २०१८ (आइतवार)

कार्यक्रम सभापति: उमा कार्की थापा, चेयर,

एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क

कार्यक्रम संयोजक/संचालक: विश्वमान आङ्गदेम्बे,

सदस्य, एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क

 Facebook Live: Bishwa Subba

 थप जानकारीको लागी:

फोन: ६७८-२५०-५२६४ (विश्वमान आङ्गदेम्बे)

इमेल: [email protected]

फेसबुक पेज: NRNA USA Helpdesk

 

यहाँहरुको सहभागिता अत्यन्त महत्पूर्ण छ I

 

जय एन.आर.एन!     

 

धन्यवाद!

 

प्रतिक्रिया