न्यूयोर्क च्याप्टर द्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

इनेप्लिज २०७४ चैत २० गते १०:३१ मा प्रकाशित

न्यूयोर्क:-यहि एप्रिल १ तारिख आईतवारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले “साईबर अपराध र सुरक्षा” सम्बन्धी नि:शुल्क ४ घण्टे प्रशिक्षण कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । Prof. Dr. Ramhari Subedi (Cyber Security Expert) मार्फत दिईएको उक्त प्रशिक्षण कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विल्कुलै फरक ढाँचाबाट संचालन गरिएको प्रशिक्षण कार्यक्रमा प्रशिक्षक सुवेदीले वेब साईड, ईमेल,भाईवर, फेसबुक लगायत अन्य ईन्टरनेटको प्रयोगबाट हुनसक्ने साईबर अपराध र यसबाट बच्न सकिन्ने उपायहरूको प्रयोगात्मक शिक्षा सहभागिलाई दिएका थिए । प्रश्नको जवाफ दिदैं डा. सुवेदीले नक्कली आईडी प्रयोग गरेर बनाईएका फेसबुक , भाईवर लगायतलाई सजिलो संगले पत्तालगाउन सकिन्ने र त्यसबाट गरिएका अपराधिक कृयाकलापलाई साईबर कानुन बमोजिम वकिल मार्फत हदैसम्मको कारबाही हुने समेत जानकारी दिएका थिए ।

डा. सुवेदीले साईबर अपराध र सुरक्षा सम्बन्धी विगतका केही बर्ष देखि नेपालका सुरक्षा निकायका उच्यस्तरीय पदाधिकारीहरू, नेताहरू, निजामति कर्मचारीहरू, शिक्षक, विद्यार्थी लगायत नेपालका दुरदराजमा रहेका स्कूल र क्याम्पसहरूमा समेत गएर स्वयम सेवकको रूपमा प्रशिक्षण दिईरहेका छन् । त्यतिमात्र नभएर अमेरिकामा बसोवास गर्ने नेपालहरूलाई पनि यस्ता खालको प्रशिक्षण कार्यक्रम दिन थालेको कुरा डा. सुवेदीले वताएका थिए ।

अनौपचारिक रूपमा उठेको प्रश्नको जवाफ दिदै सहभागि वकिल बासु पुलाराले सामाजिक सन्जाल मार्फत व्यक्ति विशेषलाई तोकेर गरिएका अति नराम्रा कुराहरू लाई मानहानीको मुद्दा समेत लाग्न सक्ने र त्यसको सजाय १५ बर्ष जेल र जरीवाना हुनसक्ने न्यूयोर्क स्टेटको कानुन रहेको कुरा जानकारी गराएका थिए ।

सहभागिहरूले प्रशिक्षण पछि प्रतिकृया दिदैं, आफुहरूले यस कार्यक्रमबाट धेरै उत्कृष्ट ज्ञान/ शिक्षा हासिल गरेको बताउँदै, आयोजक र प्रशिक्षक डा. सुवेदीलाई पुन: यस्तै कार्यक्रम ल्याउँन आग्रह गर्दै, धेरै धन्यवाद दिएका थिए । यसका साथै सामाजिक सन्जाल मार्फत तल्लो स्थरको गालि गलोज गर्ने, नक्कली समचार र आईडी प्रयोग गरेर चरीत्र हत्या गर्ने र कसैको परिवार र समग्र समाजलाई विथोल्ने जस्ता गृणित कृयाकलापमा संलग्न जो कोहि दोषीलाई सबै मिलेरकानुनी सजाय दिलाउन पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनेहरूमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, महासचिव मुनिन्द्र नेम्बाङ, केन्द्रीय सदस्य सुवास लामा, च्याप्टरका सभापति रोशन ढंगाना, उप-सभापति अमर तामाङ, महासचिव महेश मल्ल, सचिव अनिल पाण्डे, सदस्य अग्नि ढकाल, तरूण दल अमेरिका शाखाका उपाध्यक्ष अनन्त सुवेदी, खेलाडी छेमांग तामाङ, समाज सेवी केशव राम राई, सुर्य लम्साल, भुवन अधिकारी, लगायत दर्जनौं सहभागि थिए। सो प्रशिक्षण कार्यक्रमबाट प्रभावित बनेर, महासचिव मुनिन्द्र नेम्बाङ, खेलाडी छेमांग तामाङ, समाज सेवी सूर्य लम्साल, च्याप्टका सदस्य अग्नि ढकाल लगायतले यस्तो कार्यक्रम नेपालको आफ्नो ठाउँमा गराउँने निधो गरे ।

अन्त्यमा आफ्नै खर्च मार्फत भर्जिनीयाबाट न्यूयोर्क सम्म आएर यो प्रशिक्षण दिनुहुने डा. रामहरी सुवेदी र उहाँको टिमलाई नेपाली जनसम्पर्क समिति अमेरीका र च्याप्टरको तर्फबाट आभार प्रकट गर्दै बिशेष धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया