बैदेशिक रोजगारीबाट फर्केका हेमराज बाँस्तोला विश्वको उत्कृष्ट १३ औ टुरिष्ट गाईड

इनेप्लिज २०७४ चैत ७ गते २२:०५ मा प्रकाशित

मोहनराज बराल/टेक्सास अमेरिका ,पर्यटक र पर्यटनकर्मीहरूको ठूलो मानिने संजाल टुर एचक्यूले सिंगापुरबाट सन् २०१८ को विश्वका टप सय जना उत्कृष्ट गाईटहरूलाई ग्लोबल गाइड अवार्ड २०१८ प्रदान गरेको बिबरण सार्वजनिक गरेको छ।

विश्वका दुई सय आठ देशका छब्बीस हजार पचास टुरिष्ट गाइडहरूबाट पर्यटकसंग गरिने व्यवहार, सम्पदा क्षेत्रकाबारे पर्यटकलाई गर्ने सूचना सम्प्रेषण, उनीहरुको कार्यकुशलता, पर्यटकले टुर गाइडबाट पाउने सन्तुष्टि आदिका आधारमा सो छनौट गरिएको हो । पर्यटकले कुनै देश घुमिसकेपछी सो देशमा घुम्दाका बखत टुर गाइडहरुले दिने जानकारी आतिथ्यता आदिका आधारमा कमेण्ट गर्ने गर्छन् ।यहि आधारमा यो एवार्ड प्रदान गरिएको अनलाईनले आफ्नो साईटमा उल्लेख गरेकोछ।

अमेरिकाको न्यु ओरल्यानका रेण्डी बब यस बर्ष पहिलो नम्बरमा परेका छन भने नेपालबाट पोखराका हेमराज बाँस्तोला १३औ स्थानमा परेका छन् भने अन्य उत्कृष्ट टुरिष्ट नेपाली गाइटहरूमा क्रमश १७औं स्थानमा सुसान मानन्धर ३४औ स्थानमा पारसमणि अंगाई,४५ औ स्थानमा राजेन्द्र धमला,५१औ स्थानमा शिव सेढाई,५७ औ स्थानमा जया एन भण्डारी,५८ औ स्थानमा अनिल मानन्धर ,६९ दिपक अर्याल,७० औ स्थानमा अशोक शिलवाल,७६ औ स्थानमा बिकास श्रेष्ठ, ८१ औ मा सुरज गुरूड्ग,९० औमा पुर्ण कार्की सहित १२ जना विश्वका उत्कृष्ट सय भित्रमा परेका छन्।

यसरी उत्कृष्ट भित्र परेका संख्याहरूको आधारमा हेर्दा नेपाल श्रीलंका पछिको दोस्रो स्थानमा रहेको छ।सन् २०१६ मा ६७ औं स्थानमा र गत बर्ष २५ औ स्थानमा रहेर यो बर्ष १३ औ स्थानसम्म आईपुग्दा आफूमा अझै यस क्षेत्रमा लाग्ने उर्जा मिलेको बताउछन हेमराज बाँस्तोला। वैदेशिक रोजगारीको शिलसिलामा १० महिना दुवईमा विताएका बाँस्तोला अंग्रेजी विषयमा स्तातक गरेका छन् भने उनी कवि पनि हुन्।यसपाला मेरो गोठाले कर्ममा निकै मन्दी छ । तर, धर्म नछाडे कोही न कोहीले त मुल्यांकन गर्दोरहेछ ।खुशि हुदै ३४ औ स्थानमा रहेका अंगाई बताउछन।

देशको अनौपचारिक राजदुतका रुपमा मानिने टुर गाइडहरु मार्फत नै देशका बारेमा पर्यटकले जानकारी पाउँछन् ।

प्रतिक्रिया