एनआरएन मेरिल्याण्ड द्वारा एक दिवसीय साना व्यवसाय कसरी संचालन गर्ने बिषयमा कार्यशाला गोष्ठी उत्साहपूर्वक सम्पन्न

इनेप्लिज २०७४ फागुन २२ गते २:२६ मा प्रकाशित

विजय थापा , गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अन्य शाखा भन्दा सर्वाधिक रुपमा काम गर्न सफल रहेको एनआरएन मेरिल्याण्ड शाखाको एक दिवसीय कार्यशाला गोष्ठी उत्साहपूर्वक सम्पन्न भएको छ ।

गत मार्च ४ तारीख आईतबार का दिन बाल्टिमोरमा आयोजना गरिएको उक्त कार्यशालामा डिसी महानगर क्षेत्र वरपरका व्यवसायमा पहिला देखि नै संलग्न भएका नेपाली मूलका व्यवसायीको साथै कसरी अमेरिकामा साना व्यवसाय संचालन गर्न सकिन्छ भन्ने हेतुले ईच्छुक नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त एक दिवसीय कार्यक्रममा अमेरिका कै ईतिहासमा पहिलो पटक लायन्स क्लब अन्तर राष्ट्रिय जिल्ला ४सी – ३ का जिल्ला गभर्नर मा निर्वाचित भएका राजेन थापा सहजकर्ता तथा श्रोत व्यक्तिको रुपमा प्रस्तुत भै अहम भूमिका निर्वाह गरेका थिए ।

प्रशिक्षक थापाले आफूलाई एक सहजकर्ताको रुपमा प्रस्तुती हुदै क्यालिफोर्नियाबाट आई सहभागीहरुलाई कसरी व्यवसाय सुरु गर्ने भन्ने बिषय लगायत अन्य बिषयमा आफ्ना अनुभव ,उत्प्रेरणादायक रोचक घटना,कथा र भोगाईका कुराहरु राख्दै आदि बिषयमा अन्तरक्रियात्मक तालिम दिई क्यालिफोर्निया फर्केका छन् ।

उनले तालिम आरम्भ मै सहभागीलाई हामी यहाँहरुलाई सिकाउन आएका हैनौ र आफूले जानेका केहि कुराहरु हिस्सा मात्र गर्न आएको बताएका थिए । प्रशिक्षक थापाले तालिमको सुरुमा हातेमालो गर्दै उत्प्रेरणा गर्ने र उत्प्रेरित गर्ने र सहकार्य गर्ने बताउदै कार्यक्रमको सुभारम्भ गरे ।

प्रत्येक व्यक्तिमा क्षमता हुन्छ । र सपना बोकेर अमेरिका आएका छौ भन्दै अमेरिकामा जहाँ जे जस्तो राम्रो हुनु हुन्छ भन्ने ठोकुवा गरेर भन्न सक्छु भने । उनले तालिमको सुरु वाट संगै जति घण्टा तालिममा बस्नु हुन्छ तालिम सके पछि ढोका निस्के पछि यस्तो सपनाको झोला बोकाई दिन्छौ कि तपाई केही गर्ने प्रतिबद्धता सहित निस्कनु हुने छ थापाले भने ।

तर उनले अगाडी भने त्यो सपना सहितको झोला लाई कार्यान्वन गर्ने र योजना बनाउने भनेको सिर्फ तपाईमा भर पर्ने बताए । थापाले कार्यक्रम भाषण मात्र नहुने छलफल तथा अन्तरक्रियात्मक र जिज्ञाशा सहितको हुने बताएका थिए । गभर्नर थापा भन्छन अमेरिकामा अन्य बिदेशी समुदायमा यस्तो प्रकार को तालिम आफुले प्रदान गरिएता पनि नेपाली समुदायमा पहिलो पटक भएको बताए ।

कार्यक्रमको शुभारम्भ तथा स्वागतम एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष दुर्गा श्रेष्ठले गरेका थिए । उनले संक्षेपमा प्रशिक्षकहरु द्वय राजेन तथा तथा राज कुमार श्रेष्ठको परिचय गराएका थिए भने सफल व्यवसायी कसरी बन्ने भन्ने विचार सहित उपस्थित सबै सहभागीलाई शुभकामना दिएका थिए ।

उनले आफ्ना कुराहरु राख्दै तालिम प्राप्त गरे पछि सहभागी मध्ये कम्तिमा १० जनाले मात्र व्यवसाय सुरु गर्ने भन्ने सोच बनाए भने पनि त्यसलाई ठूलो उपलब्धि मान्नु पर्छ भन्ने बताए । उनले तालिमको बिचमा आफ्ना कथा पनि सुनाएका थिए । उनले मन्तब्य कै क्रममा मेरील्याण्ड शाखाले धेरै कार्यक्रम भन्दा समुदायलाई काम लाग्ने काम गर्ने बताएको स्मरण समेत गराएका थिए । श्रेष्ठ पर्वत जेसिजका पूर्व अध्यक्ष तथा हाल बाल्टिमोर क्षेत्रमा उनको व्यवसाय संचालनमा रहेको छ ।

एनआरएन मेरिल्याण्ड शाखाका संस्थापक अध्यक्ष तथा एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोख्रेलले सारगर्भित भाषण भन्दा साना व्यवसाय कसरी गर्ने भन्ने बिषयमा दिइने तालीम महत्वपूर्ण हुन्छ भनि शुभकामना मन्तब्य राखे ।

उपाध्यक्ष पोख्रेलले आफ्ना कुराहरु राख्दै प्रशिक्षक द्वय लाई स्वागत गर्दै उनले दक्षता को आधारमा मानिसलाई ४ भागमा बाढेको हुन्छ भनि आफ्ना कुरा राखे । उनले मन्तब्य राख्दै त्यी ४ मा ब्राह्मण ,क्षत्रिय ,वैश्य तथा शुद्र भएको प्रसंग जोडे । ति चारै का आ-आफ्ना काम कर्तब्यका बारेमा छोटो चर्चा गरे । उनले वैश्य को चर्चा गर्दै अहिलेको युग भनेको वैश्य भएको बताए । उनले अगाडी थप्दै हामी आर्थिक रुपले बलियो हुनु पर्छ भने ।

यसै गरि एनआरएन आईसीसी सदस्य राजन त्रिपाठी ले मेरील्याण्ड शाखालाई धन्यवाद दिदै एनआरएन को मुख्य उद्देस्य नै नेपाली समुदायलाई उन्नत मार्गमा लाने पनि हो भन्दै सफलताको लागि कामना गरे ।

यसै गरि अर्का तालिममा सहजकर्ता तथा श्रोत व्यक्तिको रुपमा कनेक्टिकट बाट आएका नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष , काठमाडौँ जेसिजका पूर्व अध्यक्ष ,रोटरी कल्ब अफ बागमती का पूर्व अध्यक्ष तथा वर्तमान हार्टफोर्ट काउन्टी एवरेस्ट सेनटेनिएल लाइन्स क्लबका शाखा सभापति राज श्रेष्ठले तालिम कै क्रम प्राय सवै जना व्यवसायी धेरै ज्ञान भएकोले धेरै कुराहरु सहभागी बाट नै सिक्ने जस्तो लागेको बताए ।

उनले तालिम कै क्रममा कस्तो प्रकारको व्यवसाय गर्ने भन्ने बिषयमा प्रकाश परे । यसै गरि संचारकर्मी तथा सहजकर्ताको भूमिका निर्वाह गरेका विजय थापा ले बजारीकरण मा लामो समय बिताएकोले व्यवसाय सफल बनाउन आवश्यक कुराहरुको बारेमा तीन चिज को आवश्यक म सपना देख्छु ,म योजना बनाउछु तथा म कार्यन्वयन गर्छु भन्ने मूल मन्त्र राख्दै उत्प्रेरणा गरेका थिए ।

कार्यक्रममा वक्ताहरुको भाषण लाई भन्दा तालिमलाई ज्यादा महत्व दिदै अन्य वक्ताहरु लाई मन्तब्य राख्न दिइएको थिएन । यसै गरि बिदेशी अतिथिहरु बैंकका व्यवसाय विकास आधिकारी माइकल मक क्लंग ,अधिवक्ता डुग बर्गेस तथा नेपाली मूलका घर जग्गा किनबेच ब्यबसायमा संलग्न क्रिस घिमिरेले प्रभवकारी रुपमा तयारी साथ प्रस्तुत गरेका थिए । घिमिरेले आफु सिंगापुरमा भएको बेलामा आफ्ना उत्प्रेरणादायक कथा संक्षेपमा सुनाएका थिए ।

कार्यक्रममा बाल्टिमोरका व्यवसायी तथा बाना का पूर्व अध्यक्ष विजय श्रेष्ठ ,एनआरएन मेरिल्याण्ड शाखाका महासचिव महेन्द्र देसार ,कोषाध्यक्ष बिष्णु बराल तथा आनन्द कृष्ण घिमिरेले बोलेका थिए । कार्यक्रममा ५० जना जतिको सहभागिता रहेको थियो भने कार्यक्रममा संचारकर्मी सृजन ताम्राकार ,हेटौडा जेसिज कि पूर्व अध्यक्ष सुनिता आचार्य,,बाल्टिमोर क्षेत्रका लागि पर्यटन दुत ज्ञान रिमाल ,लेखक महेश भट्टराई ,नासोका अध्यक्ष गोपाल बिश्वकर्मा लगायत प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/enepalese/videos/1678495865570700/

प्रतिक्रिया