व्हाइट हाउस को घेरालाई सवारी साधनले ठक्कर दिए पछि,क्षणिकलाई व्हाइट हाउस बन्द

इनेप्लिज २०७४ फागुन ११ गते २२:५० मा प्रकाशित

सवारी साधनले व्हाइट हाउस को घेरा(बार)लाई सवारी साधनले ठक्कर दिए पछि क्षणिकलाई व्हाइट हाउस बन्द (लक्ड डाउन) गरिएको छ । व्हाइट हाउसका गुप्तचर सेवाले व्हाइट हाउस भवनका सुरक्षाका घेराहरु नतोडिएको सामाजिक संजाल ट्वीट मा लेखेका छन् ।

यसको साथै घटना  हुँदा कुनै गोलीबारी नचालिएको गुप्तचर सेवाले जनाएको छ । गुप्तचर सेवा अगाडी भन्दछन ,सवारी साधन चलाउने महिलालाई पक्राउ गरिएको जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार व्हाइट हाउस मैदानमा हलचल हुँदा सुरक्षा अधिकारीले तुरुन्तै प्रतिकृया गरेका थिए |

आश्चर्य को कुरा राष्ट्रपति ट्रम्प अस्ट्रेलिएन प्रधान मन्त्रि माल्कोम टर्न बुल लाई आतिथ्य गरि रहेका थिए । घटनाको जाचबुझ भै रहदा पनि अस्ट्रेलिएन प्रधान मन्त्रि माल्कोम टर्न बुल त्यहि थिए ।

गुप्तचर सेवा का अनुसार कुनै पनि सुरक्षा निकायका कुनै पनि अधिकारीहरुलाई हानी नभएको उल्लेख डब्लुटिओपी ले समाचार लेखेको छ ।

प्रतिक्रिया