अमेरिका नेपाल सोसाइटी को मानसिक स्वास्थ्य चेतनामूलक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ माघ २७ गते २२:२९ मा प्रकाशित

विजय थापा , उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा पुरानो मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी ले आयोजना गरेको मानसिक स्वास्थ्य चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ l

अमेरिकन जीवन पद्धति र यहाको रहन सहनमा बढ्दो आत्महत्याको साथै मानसिक स्वास्थ्य सम्बन्धि जानकारी दिने उद्देस्य सहित चेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो l यस बिषयमा हाम्रो समाज कत्ति को ज्ञान राख्दछन ,र यस्ता बिषयमा अमेरिका आएका र यहाँ जन्मेका दोश्रा पुस्तालाई समेत अवगत तथा संलग्न गराउन कत्तिको जरुरी हुन्छ भन्ने हेतुले यस क्षेत्रमा बिशेष ज्ञान हासिल गरेका तथा बिज्ञहरु द्वारा जानकारी दिइएको छ l

कार्यक्रम समितिका पदाधिकारीहरुको अगुवाईमा भएता पनि अमेरिका नेपाल सोसाइटी का यूवा समितिका अमेरिकामा जन्मेका दोश्रा पुस्ताका किशोर/किशोरीहरुको बिशेष पहल तथा सकृय भूमिकामा कार्यक्रम सफलता पूर्वक सम्पन्न हुन् पुगेको छ l

उक्त युवा समितिमा आर्य घिमिरे ,इन्दु पोख्रेल ,प्रकृति देउजा ,मनिषा प्रसाई ,तृष्णा पोख्रेल ,बिबेचना निरौला ,श्रेया पराजुली ,स्नेहा ज्ञवाली तथा सन्ध्या अधिकारी रहेका छन् l कार्यक्रमको शुभारम्भ महा सचिव सुदिप पोख्रेलले गरेका थिए भने कार्यक्रम संचालन इन्दु पोख्रेलले गरेकी थिइन् l

कार्यक्रमको अध्यक्षता गरेकी संस्थाकी अध्यक्ष प्रभा भट्टराई देउजाले सवैलाई धन्यबाद दिएकी थिइन् l उक्त कार्यक्रममा डा देविका फायोरिल्लो ,मानसिक रोग बिशेषज्ञ चिकित्सक डा मदन उप्रेती ,डा श्याम कार्की तथा फेयर फ्याक्सकि अदालत कि सम्पर्क अधिकारी पाउल किङ्गले आ-आफ्ना बिषयमा जानकारी दिएका थिए l

यसको साथै उपस्थित सहभागीले जिज्ञाशा समेत राखेका थिए l कार्यक्रममा सरोज उप्रेतीले कुराहरु राख्दै आफु पनि यही पेशामा रहेकोले काउन्टीमा कसरी सम्पर्क गर्ने आदी ईत्यादी बारेमा बताएका थिए l

नेपाली मूलकी डा देविका(क्लिनिकल साईकोलोजिस्ट ,रोग बिषयक मनोवैज्ञानिक )ले चिन्ता ,उदासी आदी बिषयमा बोलेकी थिइन् भने बाल्टिमोरबाट आएका डा श्याम कार्कीले आत्महत्याको बारेमा कारण तथ्यांक सहित बिस्तृत रुपमा बताएका थिए l

यसै गरि ,मानसिक रोग बिशेषज्ञ चिकित्सक मदन उप्रेतीले मानसिक रोग बारेमा चर्चा गरेका थिए भने यसै गरि पाउल किङ्गले उमेर नपुगेका युवा युवती तथा किसोर किशोरीहरु कसरी मानसिक रोगमा फ़स्दछन l उनीहरुलाई अभिभावकले कस्तो व्यवहार गन्रु पर्छ आदी बिषयमा बोलेकी थिइन् l

https://www.facebook.com/enepalese/videos/1654836687936618/

प्रतिक्रिया