संविधानको श्राद्ध ।

इनेप्लिज २०७४ माघ १० गते ११:३८ मा प्रकाशित

१. संविधान कार्यान्वयनका लागी मन्त्रिमण्डलमा २५ जना मन्त्रिहरुको संख्या हुनु पर्नेमा २५ जना मन्त्रिहरु भन्दा मन्त्रिहरुको संख्या बढी भएकोले संविधान मरिसकेको छ ।

२. दोस्रो संविधान सभामा निर्वाचित सभासदहरु मध्ये केही सभासदहरुले संविधानलाई नै बहिष्कार गरेका थिए । संविधान बहिष्कार गर्ने सभासदहरु मध्ये केही सभासद लाई मन्त्रिमण्डलमा लगिएको थियो । यसकारणले पनि संविधान मरिसकेको छ ।

३. स्थानिय निकायहरुमा विभिन्न कार्यालयहरु र कर्मचारीहरुलाई समायोजन गर्नु भन्दा पहिले मूख्य सचिव, उप–सचिवहरु, सचिवहरु, सहायक सचिवहरु, र ७५ जिल्लाका सबै कार्यालय प्रमुखहरु सँग छलफल गरेर निश्चित अवधारणा बनाई समायोजन गर्नुपर्ने थियो । तर छलफल र निश्चित अवधारणा नै नबनाई समायोजन गरिएकोले संविधान मरिसकेको छ ।

४.मुलुकको नियम, ऐन र कानुन बमोजिम स्थानिय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि मापदण्ड र प्रक्रिया विपरीत भएको छ । विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी संविधानमा र संविधान कार्यान्वयन गर्ने क्रममा थुप्रै संवैधानिक त्रुटिहरु हुन गएकोे छ ।

५. विक्रम सम्वत् २०७४ साल माघ ०७ गते सम्ममा संविधान कार्यान्वयनमा आईसक्नु पर्ने हो तर राज्यकोष ढुकुटीबाट निर्वाचनमा अरर्बांै खरबौं रुपैँया खर्च गरेर स्थानिय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पश्चात पनि राष्ट्रियसभा गठन नभएकोले, निर्वाचन आयोगबाट पनि प्रतिनिधिसभाको समानुपातिक तर्फको मत परिणाम घोषणा नगरेकोले र नयाँ सरकार गठन पनि नभएकोले हाम्रो मुलुकको कानुनमा ३५ दिन म्यादको महत्व भए झैं संविधान कार्यान्वयन हुने वि.सं.२०७४ साल माघ ०७ गतेको पनि त्यति नै महत्व छ । यसकारण वि.सं. २०७४ साल माघ ०७ गते सम्म संविधान कार्यान्वयनमा नआएकोले विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ ।

६. हाम्रो मुलुकमा २४० बर्ष राजसंस्था रहेको ईतिहास छ । हाम्रो मुलुकमा रहेको २४० बर्षको राजसंस्थाको ईतिहासलाई जनमत संग्रह विना संविद्यान सभाबाट हटाउन पाईन्छ ? हाम्रो मुलुक नेपालमा जनमतबाट राजतन्त्र हटाएको असली प्रमाण के ? २४० बर्षको राजसंस्थालाई हटाउन जनमत संग्रह गराउनु पर्दथ्यो । सिक्कीममा पनि जनमत संग्रहबाट राजसंस्था हटाईएको थियो । हाम्रो मुलुक नेपालको नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत् २०४७ सालमा जारी भएको संविधान नै मरेको छैन, जीवित अवस्थामा छ । मरेको सदनलाई ब्युँताएको नै राजा ज्ञानेन्द्रले हो । मुलुकको नियम, ऐन र कानुन बमोजिम सम्पुर्ण हक र अधिकार अझै पनि राजा ज्ञानेन्द्रमा नै भर परेको र निहित छ । विक्रम सम्वत् २०६२÷०६३ सालको जनआन्दोलनले राजा ज्ञानेन्द्रलाई लखेटेको र भगाएको होईन । यदि राजा ज्ञानेन्द्रले राजगद्धी छोड्न नचाहेको भए बल प्रयोग गर्न सक्थे र उनी सफल पनि हुन्थे । तर राजा ज्ञानेन्द्रले नागरीकहरुको ज्यान लिन र हत्या गर्न चाहेनन् । राजा ज्ञानेन्द्र शाहले नागरीकहरुको जनचाहना बमोजिम काम गर्न सकिन भनि आफ्नो गल्तीलाई सहज पुर्वक स्विकार गरी लुरुक्क÷खुरुक्क राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड लाई सम्हालेर राख्नु भनि जिम्मा लगाएर राजनितिक दलका नेताहरुलाई गरेर देखाऊ भनि चुनौती दिएर नारायणहिटी राजदरबार छोडि राजा ज्ञानेन्द्र शाह निर्मल निवास तर्फ लागे । यसकारण राजनितिक दलका नेताहरुबाट संविधानमा राजा ज्ञानेन्द्रलाई ठाउँ र स्थान दिन जरुरी थियो । राजा ज्ञानेन्द्र लाई संविधानमा स्थान नदिए जस्ता विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी संविधानमा र संविधान कार्यान्वयन गर्ने क्रममा थुप्रै संवैधानिक त्रुटिहरु हुन भएकोे छ । पुर्व राजा ज्ञानेन्द्र शाहलाई जिउनी नै नछुट्याई प्रधानमन्त्रि, मन्त्रि, सभासद (साँसद) र राजनितीक दलका नेताहरुले अंश बण्डा गरेको के काम ? कानुन सम्वत छैन । यसकारणले पनि विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ ।

नोट ः माथि १ नम्बर देखि तल ६ नम्बर सम्म उल्लेखित बुँदाहरुको कारणले विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेकोले २०७४ साल माघ ११ गते समय बिहान ९ः०० बजे जिल्ला चितवन, नारायणघाटको मालपोत चोकमा मैले संविधानको श्राद्ध गर्न लागेको हो÷गरिएको व्यहोरा जानकारी गराउँदछु ।
संविधानको श्राद्ध गर्दा खेरीको मन्त्र ः अमुक अमुक गोत्रस्य हाम्रो मुलुकका लागि संघीयता घातक भएकोले संघीयता तृप्यन्ताम, स्थानीय निकाय तृप्यन्ताम, प्रदेशसभा तृप्यन्ताम, प्रतिनिधिसभा तृप्यन्ताम, राष्ट्रियसभा तृप्यन्ताम र अन्त्यमा एकमुष्टेन विक्रम सम्वत् २०७२ सालस्य आश्विन मासे ०३ गते प्रारम्भित (जारी) संविधानः तृप्यन्ताम ।
नोट ः

ड्ड संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते ,
ड्ड संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते,
ड्ड संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटांैडामा वि.सं. २०७३ साल भाद्र ९ गते संविधानको श्राद्ध गरियो ।

स्वतन्त्र नेपाली नागरीकः
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२
मो.नं.९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया