जीवनका रंगहरु ( Colors of Life) : संचारकर्मी चूड़ामणि भट्टराई तथा रन्जु भट्टराई

इनेप्लिज २०७४ माघ ४ गते २३:३१ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्ने छौ l

यस पटकको प्रस्तुतिमा मेरिल्याण्डमा क्षेत्रमा गर्ने संचारकर्मी/ विश्व बिद्यालयमा अध्ययनरत जोडी चूड़ामणि भट्टराई तथा रन्जु भट्टराई लाई निम्त्याएका छौ l

प्रस्तुतकर्ता ‘सुवास ढकाल ‘

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

जीवन के हो ?

आमाको गर्भदेखि मृत्युसम्मको अवधि,सार्थक र निरर्थक जीवन आ—आफ्नो दृष्टिकोण ।

खुसी के हो ?

आत्मीक अभिव्यक्ति । जे गर्दा हृदय उत्साहित हुन्छ त्यो नै खुसी हो ।

कर्तव्य के हो ?

उमेर,समय र जिम्मेवारीअनुसार फरक । सारमा मानवजातिको उन्नति ।

सम्बन्ध के हो ?

आपसी विश्वास र समर्पण ।

आत्मीयता के हो ?

आपसी सौहार्दतासहितको हृदयमिलन ।

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् ,अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता ‘सुवास ढकाल ‘

प्रतिक्रिया