पृथ्वीनारायण शाहले एकिकरण गरेको विशाल नेपाललाई टुक्रा टुक्रा गरिदैंछ । नेपाली सेना चुप किन ?

इनेप्लिज २०७४ मंसिर २५ गते ११:५५ मा प्रकाशित

राष्ट्र निर्माता र राष्ट्र नायक पृथ्वीनारायण शाहले हाम्रो मुलुकको बाईसे चोबिसे राज्यहरुमा बाँडिएका वा विभाजित स–साना टुक्राहरुलाई एकिकरण गरेर सिङ्गो र विशाल नेपालको निर्माण गरे । आज प्रधानमन्त्रि, मन्त्रि, सांसद र राजनितीक दलका नेताहरुबाट मुलुकको हित विपरीत कार्यहरु हुँदैछ र संघीयताको नाममा मुलुकलाई टुक्रा टुक्रा गरिदैंछ । नेपाली सेनामा पनि प्रश्न चिन्ह खडा हुने वेला आईसकेको छ । नेपाली सेना चुप किन ? गम्भिर कुरा हो ।

नेपाली नागरीकहरु स्थानिय, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पश्चात् मक्ख पर्ने र हर्षित हुनुपर्ने कुनै आवश्यकता नै छैन । स्थानिय, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन “हात्ति आयो हात्ति आयो फुस्स” भने जस्तै हो । निर्वाचन हुनु नै मुलुकका लागि उपलब्धि होईन सर्वप्रथम निर्वाचन पश्चात् मुलुकले तत्काल निकाश पाउनुपर्छ र मुलुकमा दिगो शान्ति आवश्यक छ । मुलुक र नागरीकहरुको लागि त्यही नै उपलब्धि हो । तर राष्ट्रघाति राजनितिक दलका नेताहरुबाट मुलुकले निकास पाउन असम्भव छ । राजनितिक दलका नेताहरुबाट ०६२÷६३ सालको जनआन्दोलन पछि मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा अराजकता, अस्थिरता, झुठतन्त्र र लुटतन्त्र गराइ राख्ने कहिले सम्म ? यस्ता विकृतिहरुलाई समाप्त गर्ने कसले ? राष्ट्रघाति राजनितिक दलका नेताहरुले डलर र पाउण्ड खाएर मुलुकलाई धर्म निरपेक्षता गराए ।

प्रतिनिधि सभाको प्रत्य्रक्ष तर्फको सांसद संख्या १६५ र समानुपातिक तर्फको ११० छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्ष तर्फको सांसद संख्या ३३० र समानुपातिक तर्फको सांसद संख्या २२० छ । राष्ट्रिय सभा तर्फको सांसद संख्या ५६ र राष्ट्रपतिले मनोनित गर्न पाउने ०३ जना सांसद मिलाएर जम्मा सांसद संख्या ८८४ हुनेछ । यो कुरा हामी नेपाली नागरीकहरु कसैलाई थाहा छ ? पहिले ६०१ सभासद वा सांसद संख्या थियो भने हालको प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा र मनोनित गरी जम्मा सांसदको संख्या ८८४ छ । ६०१ सांसद संख्याबाट वृद्धि भएर जम्मा सांसद संख्या ८८४ पुगेको छ । हाम्रो मुलुकले ८८४ जना सांसदहरुको भार व्यहोर्न सक्छ ?

संघियताको वास्तविकता नै नबुझाई हामी नागरीकहरुलाई आँखामा छारो हालिदैं झुक्याउने प्रयास भई विश्वासघात भइरहेको छ । नेपाली नागरीकहरु एकजुट नहोस् भन्नको लागि संघीयताको नाममा मुलुकलाई विभाजित गरिदैंछ । हाम्रो मुलुकका लागि संघीयता घातक र अभिसाप हो । यसकारण संघीयतालाई तत्काल खारेज गरिनुपर्छ ।

प्रधानमन्त्रि, मन्त्रि, सांसद र राजनितीक दलका नेताहरुबाट प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामको दुरुपयोग गरी लिनु सम्म फाईदा र सेवा सुविधाहरु लिई लुट्न सम्म लुटि मुलुकलाई बर्वाद पारेर नै छाडे । शहिदको नाम र परिभाषाको समेत दुरुपयोग भईरहेको छ ।

आज प्रधानमन्त्रि, मन्त्रि, सांसद र राजनितीक दलका नेताहरुबाट संघियता र सात वटा प्रदेशको नाममा मुुलुकलाई टुक्रयाउने, फोड्ने र ध्वस्त पार्ने जस्ता दुष्प्रयास भईरहेको छ । प्रया जसो नेपाली नागरीहरु खाना मासु र बियरको बोतलमा बिक्री भई रमाउने गरेका छौं । हामी नेपाली नागरीकहरुले राष्ट्रघाति राजनितिक दलका नेताहरुलाई सहयोग गरीरहेका छौं । राष्ट्रघाति राजनितिक दलका नेताहरुको लह लहैमा लागि पिछे लग्गु बनि हामी नागरीकहरुले आफ्नो स्वाभिमान, ईमानदारिता र विश्वसनियता लाई पनि गुमाई सकेका छौं । भोलीका दिनहरुमा आईपर्ने संकट, बाधा, अट्चन र चुनौतिको परिणामलाई हेरिरहेका छैनौं । आज सम्मका लागि पुर्णरुपले दोषी र जिम्मेवार हामी नागरीकहरु नै हौं । अझै पनि सयम छ हामी नागरीकहरु समयमानै सजग र सचेत हुनुपर्ने आज हाम्रो मुलुकको नागरीकहरुको आवश्यकता रहेको छ ।

सच्चा राष्ट्रवादी नागरीक र नेपाली सेनाहरुले पनि सोच्नु र मनन् गर्नु प¥यो के हाम्रो मुलुकमा साँच्चिकै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र व्यवस्था छ र ? अमेरिका, चाईना र भारत जस्ता विकसित मुलुकलाई हेर्नुहोस् ? र हाम्रो मुुलुक नेपाललाई हेर्नुहोस् ? प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र मुलुक कस्तालाई भनिन्छ स्पष्ट रुपमा थाहा हुने छ ।

राष्ट्रघातीहरु बाट दश बर्षे द्धन्दकालमा प्राय जसो नेपाली सेना, प्रहरी र सर्वसाधरण नागरीकहरुलाई निशाना बनाउने कार्यहरु गरियो । साथै मुलुकको संरचनाहरुलाई पनि तहसनहस र ध्वस्त पार्ने कामहरु भयो । डर, त्रास र धम्कीले गर्दा कयौं सुरक्षाकर्मिहरु जागिर सम्म छाड्न बाध्य भए । नेपाली सेनामा कार्यरत रमिन्द्र क्षेत्रि जस्ता कयौंलाई अपाङ्ग बनाईयो । आखिर के का लागि ? मुलुकको हित र जनहितको लागि हो र ? दश बर्षे द्धन्दकाल सुरक्षाकर्मिहरुका लागि चुनौति पुर्ण थियो नै । अझै पनि सुरक्षाकर्मिहरुको लागि चुनौतिको विषय रहेको छ । जस्तै जिल्ला कैलालीको धनगढीमा एस.एस.पि लक्ष्मण न्यौपानेको नरसंहार गरी हत्या गरियो ।

मुलुकमा संकट आईपरेको बेला मुलुकको रक्षा गर्ने र अघाडि छातिमा गोली खाने नेपाली सेना, सिपाहि र प्रहरी हरु हुन । मुलुकमा ठुलो आपत विपद् आईप¥यो भने प्रधानमन्त्रि, मन्त्रि, सांसद र राजनितीक दलका नेताहरु भाग्न भ्याए सम्म मुलुक छाडेर अन्तर्राष्ट्रिय मुलुक भाग्न खोज्छन् । तर नेपाली सेना, सिपाही र प्रहरीहरु आफ्नो जिम्मेवारीहरु बाट पन्छन र उम्कन पाउँदैनन् । राष्ट्रघाती नेताहरुको रक्षा गर्ने किन ? प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन पश्चात पनि मुलुकले निकास पाउँदैन । यसकारण सेनाहरुले कु वा सत्ता आफ्नो हातमा लिनु आवश्यक रहेको छ ।

जब जब मुलुकमा राजनितीक दलका नेताहरुबाट मुलुकमा अराजकता र मुलुकको हित विपरीत कामहरु हुन थाल्दछ तब तब धेरैजसो मुलुकहरुमा सैन्य कु भएको उदाहरण हामीले देखेका छौं । जस्तै जिम्बावेमा हालै सैन्य कु भएको छ । तर जिम्बावेका नागरीकहरुले सैन्य वा सैनिक कु को प्रशंसा र स्वागत गरेका छन् ।

हाम्रो मुलुकमा जिम्बावे आदि आदि मुलुकका जस्ता सचेत नागरीकहरु छैनन् । हामी नेपाली नागरीकहरु अवसरवादी छौं । हामी नेपाली नागरीकहरुले आफ्नो गोडामा आफैंले बन्चरोले हानी रहेका छौं । यसको दुष्परिणाम एक न एक दिन हामी नागरीकहरुले नराम्रो सँग भारी मुल्य चुकाउनु पर्ने दिनहरु आउने छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पश्चात हाम्रो मुलुकमा व्यापक महंगाई, राजश्व र कर वृद्धि हुने छ । र बाह्य हस्तक्षेपहरु पनि अधिकतम् बढ्ने सम्भावना देखिन्छ । वास्तवमा जान्ने हो भने हामी नेपाली नागरीकहरुले मतदान लाई नै बहिष्कार गर्नुपर्छ । २० बर्षमा आज सम्म हामी नागरीकहरुले मुलुकमा उपलब्धि के पायौं ? मुलुकको हित र जनहितको पक्षमा के काम भयो ? अब हामी सबै नागरीकहरुले जिम्बावे जस्तै सैनिक कु को लागि आवाज उठाउनु पर्ने बेला आईसकेको छ । हाम्रो देश डुब्न लाग्यो नागरीकहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो नागरीकहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो नागरीकहरु लौ न बचाई देऊ ।

स्वतन्त्र नेपाली नागरीकः
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२
मो.नं.९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया