निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नौजना पक्राउ

इनेप्लिज २०७४ मंसिर ११ गते १४:०८ मा प्रकाशित

कपिलवस्तु, ११ मंसिर  ः निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद् प्रमुख शम्भु थारूसहित नौजनालाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनुभयो ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका अन्यको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया