शिशिर सिमखडा,चितवन , कार्तिक ३ गते। पुर्बि चितवनको कालिका नगरपालिका वडा नं ९ र १० को सीमानामा रहेको सिन्ती झरनालाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ आज सुक्रवार अध्ययन अवलोकन गरिएको छ । प्राकृतिक सो झरना पर्यटन विकासको प्रचुर सम्भावना रहेपनि प्रचार प्रसार र पुर्वाधार विकास हुन नसक्दा ओझेल परेकाले यसको विकास गर्न कालिका नगरपालिकाले सरोकारवालाको उपस्थितीमा अवलोकन गराएको हो ।
पूर्वी चितवनको टाँडीबाट आधा घण्टा गाडीमा गई शक्तिखोर र सिद्धी सिमानाबाट २ कि मी को १ घण्टाको पैदल दुरीमा सिन्ती झरना पुग्न सकिन्छ । सिन्ती झरना सम्म पुग्न गोरेटे बाटो निर्माण गरिएको छ । सहज रुपमा झरना सम्म पुग्न र त्यहाँ आवश्यक पर्ने पुर्वाधार निर्माणका लागि के गर्न सकिन्छ भन्ने विषयमा राय सुझावका लागि अवलोकन गरिएको कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले वताए । सिन्ती झरना पर्यटकिय गन्तव्यको ठुलो सम्भावना रहेको स्थल हो नगर प्रमुख श्रेष्ठले भने यहाँको विकासका लागि नगरपालिकाले विज्ञको सल्लाहामा योजना वनाएर काम गर्न चाहन्छ,त्यसका लागि प्रशस्त वजेट विनियोजन गरिएको छ । कालिका नगरपालिका ८,९,१० र ११ (साविक शक्तिखोर र सिद्धी गाविस ) मा पर्यटन विकासका लागि करिव ३ करोड रुपैया विनियोजन गरेको नगर प्रमुख श्रेष्ठले वताए ।
जिल्ला समन्वय समिति चितवनका सभापति कृष्ण डल्लाकोटीले कालिका नगरपालिकासित समन्वय गरेर सिन्ती झरना लगायत कालिका नगरपालिकासहित जिल्लाको पर्यटकिय क्षेत्रको विकास गर्ने वताए । सौराहा आउने पर्यटकलाई सो झरना सम्म पुर्याउन सके यहाँका स्थानीयले रोजगारी पाउनुका साथै आर्थिक विकास हुने जिल्ला सभापति डल्लाकोटीको भनाई छ । अवलोकनमा जिल्ला समन्वय समितिका सभापति डल्लाकोटी, कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठ,नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ,इलाका प्रहरी कार्यालय टाँडीका प्रमुुुुख बासुदव खतीवडा, नेपाली सेनाका कर्णेल प्रेम हमाल , माओवादी केन्द्रका रामधोज डलाकोटि ,नगरका वडा अध्यक्ष, सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधी,पत्रकारको सहभागीता रहेको थियो । अवलोकनसंगै सो झरना वरिपरि सरसफाई गरिएको छ ।
झरनामा नुहाउन गएका पर्यटकहरुले जथाभावी फोहोर फालेकाले सरसफाई गरिएको कालिका नगरपालिकाका प्रमुख श्रेष्ठले वताए । सोही अवसरमा इलाका प्रहरी कार्यालय टाँडीले संचालन गरेको प्रहरी हाम्रो टोलमा अभियान अन्र्तगत झरना सरसफाईमा सहभागीता जनाएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक वासुदेव खतिवडाले सिन्ती झरनामा भौतिक पुर्वाधार निर्माण,सरसफाईका लागि आफ्नो तर्फबाट श्रमदान गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया