राक्षसी दण्डविधान बिरुद्ध जनविद्रोहको आह्वान !

इनेप्लिज २०७४ भदौ ७ गते १०:३१ मा प्रकाशित

विश्वनाथ गौतम एक सामान्य नेपाली नागरिक होइनन् । उनी  त अति  भलादमी, समर्पित र एक सच्चा सिद्धान्तनिष्ठ साम्यवादी भएर गाउँ गाउँमा ज्ञानको ज्योति अनि राजनैतिक चेतना फैलाउँदै हिडेका उच्च कोटीका सन्त हुन् । उनका विविध क्षेत्रका योगदानहरूबारे कैयौँ ठेली पुस्तकहरू लेख्न सकिन्छ तर यहाँ मैले उनको व्यक्तित्वको वर्णन  गर्न होइन् अपितुः वर्तमान सत्ताले झण्डै ९ वर्ष यता उनीमाथि गरेको कानूनी बलात्कारले उत्पन्न गरेको त्राशदीमाथि उनले सर्सर्ती लेखेका केही पानाहरू पुस्तिकाको रुपमा प्रकाशन गर्ने जमर्कोलाई सघाउनमात्रै यो टिप्पणी लेखेको हुँ ।विश्वनाथ गौतम एक सामान्य नेपाली नागरिक होइनन् । उनी  त अति  भलादमी, समर्पित र एक सच्चा सिद्धान्तनिष्ठ साम्यवादी भएर गाउँ गाउँमा ज्ञानको ज्योति अनि राजनैतिक चेतना फैलाउँदै हिडेका उच्च कोटीका सन्त हुन् । उनका विविध क्षेत्रका योगदानहरूबारे कैयौँ ठेली पुस्तकहरू लेख्न सकिन्छ तर यहाँ मैले उनको व्यक्तित्वको वर्णन  गर्न होइन् अपितुः वर्तमान सत्ताले झण्डै ९ वर्ष यता उनीमाथि गरेको कानूनी बलात्कारले उत्पन्न गरेको त्राशदीमाथि उनले सर्सर्ती लेखेका केही पानाहरू पुस्तिकाको रुपमा प्रकाशन गर्ने जमर्कोलाई सघाउनमात्रै यो टिप्पणी लेखेको हुँ ।

झण्डै ८ महिनाअघि बाटो हिड्दै गर्दा मीनभवनको सडक छेउमा विनाकसुर बन्दी बनाइएका  व्यक्तिको रिहाइकालागि उनका  परिवारले धर्ना  दिएको भन्ने  थाहा पाएँ । मैले नेपालको विगत राणाकाल यताको झण्डै १७१ वर्षको इतिहास पढदै गर्दा, पचासौँ चोटी  स्वयम् बन्दी भएको अनुभवका साथै हाल थुनुवाहरूका समस्याहरूसँग साक्षात्कार हँुदा नेपालका कारागारहरूमा अपराधी होइन प्राय निर्दोषहरू मात्रै थुनिने गरेका छन भनी ठोकुवा गर्न  सक्दछु ।

यहाँ अपराधीहरू त  प्रहरी प्रशासन न्यायालय तथा समग्र व्यवस्थालाई किनेर प्राय सँधै प्रारम्भमै छुट्ने गरेका पाइन्छ । अरु त अरु वर्तमानमा नागरिक समाज, मानवाधिकारकर्मी, सञ्चारकर्मी तथा अन्य सबै क्षेत्र विक्री हुने गरेको देख्न सकिन्छ  । यतिमात्रै नभएर अहिलेको नेपाली समाज विवेक हराएको, नैतिक मूल्य र मान्यताबाट पूरै च्यूत भएको र कुकर्मीहरूका अगाडि नतमस्तक भीड हो भन्ने अनुभव भइरहेछ । आज विश्वनाथ गौतम जस्तो निर्दोष निरपराध व्यक्ति ९ वर्षदेखि लगातार थुनामा पर्नु र उनको रिहाईकालागि खर्बौ डलर पचाइरहेका कथित गै.स.स. हरू कोही अग्रसर नहुनु यस देशको नागरिक भएकोमा लाजलाग्ने अवस्था छ । जागरुक समाजमा भएको भए यसरी अनाहक बन्दी बनाउने सत्ता र अदालतमाथि जनताले हमला गरेर निर्दोषलाई दण्ड दिने अपराधीहरूलाई सार्वजनिक कार्वाही गरिसक्थे तर यहाँ नागरिक समाज मात्र मौन छैन बरु उल्टो विश्वनाथलाई नै अपराधी हुनु पर्छ भनी कुरा काट्दै गरेको मैले स्वयम् भेटेको छु । विकसित समाजमा नागरिक अधिकारकर्मीहरूले सुओमोटो (निर्दोष भए तत्काल रिहा गर्ने) विधि अन्तर्गत विना लिखित उजुरी विश्वनाथ रिहा हुनुपथ्र्याे तर यहाँका न्यायमूर्ति भनाउँदा कारिन्दाहरू र मानव अधिकार आयोगका नाममा मानव अधिकारमाथि व्यापार गरेर बसेका दल्लाहरूभन्छन्, विश्वानाथलाई सुओमोटो अन्तर्गत छोडे त हामीमाथि महाभियोग लागिहाल्छ ….! सबैलाई थाहा छ कम्पनी रजिष्ट्रारको कार्यालयले फलानो कम्पनीको विश्वनाथ गौतम सञ्चालक होइनन् तर आँखा फुटेका र विवेक बेचेका केही अड्डाका कर्मचारीहरूले उनलाई ऐजन ऐजन कम्पनीको सञ्चालक हो भनी यो लामो कैद र करोडौको बिगो तोकेका छन ।

यस्तो  क्रूर अपराधी व्यवस्था बिरुद्घ जीवनभर संघर्षरत र झापाको किसान बिद्रोहमा सहभागी  भै  जनवादी क्रान्तिमा नेतृत्व गरेवापत सर्वस्वहरण तथा आजन्म कारावासको सजाए पाएकी विश्वनाथकी पत्नी दीपा अधिकारी गौतम आज निर्दोष पतिको रिहाईकालागि सडकमा धर्ना गर्न बाध्य छन ।

एक पत्रकारको  हैसियतले दीपा गौतमबारे त्यति गहिरो जानकारी नभएपनि मलाई विश्वनाथका बारे केही न केही जानकारी छ । उनले उच्च शिक्षा हासिल गरिसकेपछि ठूलो जागिर र शहरको सुविधाभोगी जीवनलाई लात मारेर आफ्ना गाउँलेहरूको सेवामा समर्पित भएर लामो समय स्वयमसेवक बनेका थिए । उनले आवाशीय विद्यालयदेखि उच्च मा.वि. सम्मको सफल सञ्चालनका साथै सामाजिक रुपान्तरणका लागि पूर्वी पहाडका किसानहरू बीच बिद्रोहको संगठित प्रयासमात्र नगरेर आफू लागेको राजनैतिक समूहले राष्ट्रघात गर्दा त्यसको बिरुद्ध पनि उनी खडा भए । उनले आफ्ना गुरु तथा पूर्वी पहाडमा जनयुद्धको नेतृत्व गर्ने झापाको किसान बिद्रोहदेखि नै बिशाल व्यक्तित्व बनाएका विशिष्ट क्रान्तिनायक क. बासु शाक्यलाई समेत जनाधार र सैद्धान्तिक मार्गदर्शनमा सघाउने विश्वनाथलाई आज जुन अवस्थामा पु¥याइएको छ, त्यसले यो  गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको खोल ओडेको  कथित लोकतान्त्रिक प्रणाली नेपाली जनता र देशको धर्म संस्कृतिको शत्रु मात्र होइन, यो अराजक नवऔपनिवेशिक  आतंककारी राज्य हो भन्ने पुष्टि भएको छ ।

चरित्र, क्षमता र प्रारब्धले अति शुद्ध जीवन बाँचिरहेका तथा सबै कुरा पूर्वानुमान गर्ने आध्यात्मिक चेतना  भरपुर भएका विश्वनाथ गौतम पुरै निर्दोष भएपनि उनलाई लाचार बनाएर कठोर बन्दी जीवन भोग्न बाध्य पारिएको देखिन्छ । यो क्रूर, फासिवादी र विवेक शून्य व्यवस्थाले दिएको निर्मम दण्ड मेरो बिचारमा आदिकवि भानुभक्त आचार्य जस्तै पूण्यात्मामाथि गरिएको राक्षसी हमला हो भन्ने लागेको छ । त्यसैले यसको शीर्षक देउतालाई दण्ड राखिएकोमा मेरो साह्रै चित्त  बुझेको छ । म विश्वनाथ गौतम मात्र होइन उनी जस्ता हजारौ निर्दोष बन्दीहरूलाई अनाहक थुन्ने कंस जस्तो राक्षसको दण्डविधानलाई खारेज गर्न तथा सबै निर्दोष बन्दीहरू तत्काल रिहा गर्न न्यायपूर्ण जनमुखि विधिविधानका लागि देश विदेशमा रहेका सम्पूर्ण जागरुक नेपाली युवाहरू सबै सशक्त जनविद्रोहमा उत्रिन समेत आह्वान गर्दछु  । निर्दाेष, निरपराध एवम् निष्कलंक साधु व्यक्तित्व विश्वनाथ गौतमको ऐंयाले वर्तमान सत्ता र यसका मालिकहरूको पतन तुरुन्तै हुने र भविष्यको उज्यालो व्यवस्थामा फेरि यस्तो अन्यायपूर्ण कारावास कसैले भोग्नु नपरोस भन्ने मेरो कामना छ । भगवान श्रीकृष्णकी माता देवकी र पिता बाशुदेवमाथि जुन अत्याचार कंश जस्ता दुरात्माले गरे, आज फेरि त्यही क्रूरता दोहोरिएपछि यस्तो अपराधी दण्ड विधानलाई  समाप्त पार्न श्रृजनहार भगवान विष्णुले कतै न कतै अवतार लिइसक्नु भएको मेरो विश्वास छ । जय गोरख ।

— ९ वर्षदेखि नख्खु  कारागारमा बन्दी रहेका र सिधा त्यागेका सन्त विश्वनाथ गौतमका माथिको अत्याचारलाई छताछुल्ल पारेर लेखिएको प्रकाशोन्मुख पुस्तक देउतालाई दण्डको भूमिकाबाट

प्रतिक्रिया