आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण – अर्थमन्त्री

इनेप्लिज २०७४ साउन १६ गते १५:४३ मा प्रकाशित

काठमाडौँ, १६ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार क्षेत्रसम्बन्धी विद्यमान सबै समस्याको समाधानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको “आगामी निर्वाचनमा सञ्चारकर्मीको भूमिका” विषयक छलफल कार्यक्रममा उहाँले श्रमजीवी पत्रकारलाई तोकिएको न्यूनतम पारिश्रमिक दिलाउन र सञ्चारनीतिको कार्यान्वयन गराउन आफू लागिपर्ने बताउँदै त्यसमा सञ्चार क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले समानुपातिक तथा लोककल्याणकारी विज्ञापन र क्निल फिड विज्ञापन नीतिका विषयमा उठेका सवालबारे आफूले अध्ययन गरिरहेको जानकारी दिदैं “पत्रकारलाई परेका पिर मर्काबारे सरकारी स्रोतसाधनले भ्याएसम्म समाधान गर्न म प्रतिबद्ध छु,” भन्नुभयो ।

नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख सूर्य थापाले स्थानीयलगायत सबै तहको निर्वाचनमा नेता प्रधानभन्दा नीति प्रधानको मुद्दा उठाइनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मुुलुकमा अन्य निर्वाचन चलिरहेकै समयमा आगामी भदौको पहिलो साता महासङ्घको पनि महाधिवेशन भएकाले आम पत्रकारलाई चासो दिन आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष गोविन्द चौलागाईंले संविधान कार्यान्वयनका लागि भइरहेको विभिन्न तहको निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया