औषधि व्यवस्था बिभागका महा निर्देशक ढकाल लाई ज्ञापनपत्रको बोधार्थ

इनेप्लिज २०७४ जेठ १८ गते २२:०५ मा प्रकाशित

गत जेष्ठ १८ गते बिहिवार पेसागत संस्था नेपाल औषधिगत प्रवन्ध संगठन लगायतका अन्य सरोकारवाला संस्थाहरुले काठमाडौ बबरमहलस्थित औषधि व्यवस्था बिभाग का महा निर्देशक नारायण प्रसाद ढकाललाई ज्ञापनपत्रको बोधार्थ प्रति बुझाउनुका साथै आफ्नो संस्थाको धारणा राखे।

कार्यक्रम मा औषधि व्यवस्था बिभागको बाहिर पिईएन (pean) को सदस्यहरु बाक्लो उपस्थितिले नाराबाजी समेत गरेका थिए। स्वास्थ मन्त्रालय ले ३४ वटा बिदेशी औषधिहरुको आयात मा रोक लाउने बिषयमा विभिन्न पत्र पत्रिकामार्फत आएको समाचारको विरुद्ध आफुहरु ले औषधि व्यवस्था बिभाग लाई गत जेष्ठ  ६ गते ज्ञापनपत्र समेत बुझाएको थियो l

स्वास्थ राज्य मन्त्री लाई ६ वटा संस्था मिलि ज्ञापनपत्र समेत बुझाउदा स्वास्थ राज्य मन्त्री ले सरोकारवालाहरुलाई छिट्टै सल्लाह सुझाव को लागि बोलाएर कुरा आश्वासन दिनु भएको थियो तर कुनै खबर न आएकोले आक्रोश पोखेका थिए।

अर्कोतिर एपोन ले पत्रकार सम्मेलन गरि यस निर्णय को स्वागत गरेको छ। २ वटा पेशागत संस्था लगायत ४ वटा विभिन्न औषधि आयातकर्ताहरुले ३४ वटा अणु (मोलक्युल )को आयात रोक्नु हुदैन भन्दै सयुक्त रुपमा बिरोध जनाएको छ।

एप्पोन ,सीएनआई ,एफएनसीसीआई तथा एनसीडिए ले सयुक्त बिज्ञप्ति जारी गरि येस्को स्वागत गरेका थिए। पत्र पत्रिकामार्फत औषधि मा ४०० देखि २२०० प्रतिशत सम्म मुनाफा लिएको समाचार प्रती एनसीडीए ,पिईएएन ,एनएमएसआर ए ,मीईएएन ,एफएएनसीएएन ,एनभीएमआईए,भिईसिडिएएन लगायत संस्थाहरु ले बिज्ञप्ति जारी गरि आपत्ति प्रकट गरेका छन् l

प्रतिक्रिया