भरतपुर महानगरको मतगणना पुनः सूचारु, एमालेका देवी ज्ञवालीको अग्रता कायमै

इनेप्लिज २०७४ जेठ १३ गते ८:०१ मा प्रकाशित

१३, जेठ, चितवन । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना कार्य पुनः सञ्चालनमा आएको छ ।

वडा नः १७ को मतगणना कार्य चलिरहेका बेला शनिबार बिहान १२५ मत अर्धकट्टी सहितको भेटिएपछि दलहरु बीच सदर मान्ने कि बदर भन्ने  विवाद भएको थियो ।विवादलगत्तै २ घन्टा रोकिएको गणना पुनः सुरु भएको हो ।

 

दल र निर्वाचन आयोगका प्रतिनिधीहरु बीच निर्वाचन सम्बन्धी निर्देशिकाको व्यवस्था अनुसार गणना गर्ने सहमतिपछि गणना सुचारु भएको हो । निर्वाचनसम्बन्धी निर्देशिकाको बुदाँ नं. ३ मा दुरुस्त मतपत्र अर्धकट्टीसहित पाइएमा मतपत्रको अर्धकट्टी हटाएर मतगणना गर्ने व्यवस्था रहेको र सो मत सदर गर्ने स्पष्ट व्यवस्था छ ।

महानगरपालिकामा अब ५ वटा वडाको मात्रै मतगणना गर्न बाँकी छ । मतगणना रोकिनु अघिसम्मको अवस्थामा एमालेका देवी ज्ञवालीले ३७२६६ मत ल्याएर अग्रतालाई कायम राखेका छन् भने माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालले ३५६६७ मत ल्याएकी छन् । यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३९४२७ र एमालेकी दिब्य आर्चायले ३३९३५ मत ल्याएकी छन् ।

प्रतिक्रिया