न्युयोर्कमा दुई करोड १० लाख डलर चिट्ठा परेको मान्छेले म्याद गुज्रिनु केवल २ दिन अगाडी मात्र थाहा पाई दावी गरे

इनेप्लिज २०७४ जेठ ११ गते २२:३७ मा प्रकाशित

अमेरिकामा चिट्ठा किने पनि चिट्ठा नहेर्ने मानिस पनि धेरै मानिस हुन्छन भनि समाचार बेला बेलामा प्रकाशित हुन्छ l यस्तै न्युयोर्क शहरमा दुई करोड १० लाख डलर (२४.१ मिलियन डलर ) चिट्ठा परेको मान्छेले म्याद गुज्रिनु केवल २ दिन अगाडी मात्र थाहा पाई दावी गरे l

न्यु योर्कमा चिट्ठा अधिकारीका अनुसार म्यान ह्याटन स्थित बेभर कस्टमर सर्विस सेन्टर नामक पसलमा यस्तो घटना घट्न पुगेको छ l उनले मे २३ तारिख मगलबार हस्याङ्ग पस्याङ्ग गर्दै आफुलाई यत्रो रकम परेको दाबी गरे l उक्त चिट्ठा बिहिबार मे २५ तारिखमा म्याद गुज्रिने थियो l

आफुलाई थाहा नपाएका क्रेताले समाचारमा कसैले दावी नगरेको भने पछि आफुले थुपारेर राखेको ठाउमा हेर्दा उनि भाग्यशाली बिजेता बन्न पुगेका हुन् l उक्त टिकट संख्या ०५-१२-१३-२२-५-३५ तथा अतिरिक्त संख्या ५१ रहेको थियो l न्युयोर्क राज्य खेल आयोग विभागका का निर्देशकले भाग्यशाली बिजेता ठिक समयमा आएकोमा उत्साहित भएको समाचार युपीआइ ले लेखेको छ l

प्रतिक्रिया