टीकापुर सरोकार समूहद्वारा टीकापुरका ४ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण |

इनेप्लिज २०७४ जेठ ८ गते १०:४१ मा प्रकाशित

टीकापुर सरोकार समुहले विभिन्न छात्रबृत्ति वितरण गरेको छ । टीकापुरका स्थायी बासिन्दा तर कामको शिलशिलामा बाहिर रहेका टीकापुरका युवाहरुको संजाल टीकापुर सरोकार समूह हो । समूहले गतबर्षबाट विभिन्न नाममा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । समूहले आइतबार टीकापुरमा एक कार्यक्रम गरी टीकापुर ९ बनगाउंका दिवस महत्तो र धिरज चौधरीलाई कक्षा ११ र १२ अध्ययनका लागि भरत अर्याल स्मृति छात्रबृत्ति प्रदान गरेको छ ।

त्यस्तै, टीकापुर नगरपालिका ६ कटानपुरकी लिडिया विश्वकर्मा र प्रतिभा सञ्याललाई बलबहादुर रावल जेहेन्दार छात्रबृत्ति प्रदान गरिएको छ । भरत अर्याल स्मृति छात्रबृत्ति रकम प्रसान्त अर्याल र बलबहादुर रावल जेहेन्दार छात्रबृत्ति रकम हिक्मत थापाको सहयोगमा प्रदान गरिएको हो ।

प्रतिक्रिया