तल्लो टोलको जात्रा, माथिल्लो टोलको जात्रा : इन्द्र जात्रा ! – फोटो फिचरसहित

इनेप्लिज २०७३ भदौ ३१ गते ९:४७ मा प्रकाशित

unnamedकाठमाण्डौं । भाद्र महिना द्वतिया तिथीका दिन हनुमानढोका नासल चोकमा शुभ साइतमा इन्द्र जात्राको लिङ्गो लिन जान गुरुजुको पल्टन, लिङ्गो ठेकेदार, मानन्धर समुह सहित भएर लिङ्गो लिन कालो बोका सहीत नाला प्रस्थान गर्दछन् । नाला स्थित सल्लाघारी वनमा पुगेपछि शुभ साइतमा कालो बोका छोडीन्छ । यसरी छोड्दा त्यो बोकाले जुन रुखमा गएर हाँन्छ त्यही रुखलाई लिङ्गोको लागि योग्य थानेर विधि पूर्वक हर्षबढाईका साथ पुजाआजा गरी सोही बोकाको बलि दिई रुख ढालिन्छ । उक्त रुख सल्लाको नै हुनुपर्ने र ३२ हात लम्बाई भएको हुनुपर्दछ । यति गरिसकेपछि रुखलाई लिङ्गोमा परिवर्तन गर्नको लागि रुखको सबै बोक्रा टाँस्ने काम हुन्छ । सबै सफासाथ टाँसिसकेपछि फेरी विधिपूर्वक लिङ्गोको पुजा गरिन्छ र त्यसपछि डोरीले बाँधेर टाँनेर ल्याइन्छ । यसरी टाँनेर ल्याउने क्रममा भक्तपुर, ठिमी हुँदै भोटाहिटिमा ल्याइपुर्याइन्छ । टाँनेर ल्याउने क्रममा भक्तपुर ठिमिमा भक्तजनहरुले विशेष पुजा गर्दछन् । नाला बाट दुई दिनमा लिङ्गो टाँनेर भोटाहिटी लगेर राखिन्छ ।

jtra-indra

चतुर्थिको दिनमा भोटाहिटीमा ल्याएर राखिन्छ । कायाष्टमीको दिन गुरुजुको पल्टन, दमाह बाजा हनुमानढोकाबाट भोटाहीटि गई बाजागाजाका साथ लिङ्गोलाई हनुमानढोकामा टाँनेर ल्याईन्छ र गुरुजुको पल्टनले हर्षबढाईका साथ चार टोपको सलामि दिएपछि सर्वाधाणले लिङ्गोको दर्शन गर्छन् ।

द्वादशीको दिन विभिन्न बाजागाजाका साथ हवन इत्यादि पुजा गरेपछि रातो धोजा फहाराई हर्ष बढाई गर्दै इन्द्र धोज लिङ्गो उठाउन शुरु हुन्छ ।

lingo-indra-jatra

सो इन्द्रधोज लिङ्गो उठाइसकेपछि अष्ट मातृकाको प्रतिक स्वरुप अष्टपटा चढाइन्छ । साथै स्वर्ण लिपि ऐरावत हात्तिमा चढेको भगवान् इन्द्र देवको मूर्ति पश्चिम फर्काएर राखिन्छ । यस दिन बाट इन्द्र जात्रा य न्याँः जात्रा शुरु हुन्छ । र यस दिन देखि नै हलचोक बाट हलचोक भैरव, चण्डी कुमार, काठमाण्डौंको मजिपाटबाट लाखे, झ्यालिन्चा, त्यसैगरी किलागढबाट ऐरावत हात्ति ‘पुलुकिसी’ निकालिन्छ ।

indra-jtra

साथै भक्तपुरबाट महाकाली नाच, घिन्ताङ्गकिसी नाच, हनुमानढोकामा ल्याई नचाउने परम्परा रहिआएको छ । यो जात्रा सात दिन देखि आठ दिन सम्म तिथि अनुसार मनाइन्छ । इन्द्रधोज लिङ्गो उठाएको दिन साँझ मृत आत्माको चिर शान्तिको कामना गर्दै आफन्तजनहरुले काँचो माटोको पालामा बत्ती बालि चोक, दोबाटोमा मृत आत्माको चिर शान्तिको कामना गर्दे, स्वर्गमा बास होस् भनि बत्ति दिने परम्परा छ । जिवित देवताहरु श्री गणेश, श्री भैरव र श्री कुमारी मातालाई कुमारी घरबाट लगी श्री तलेजु भवानी मन्दिरको मूलचोकमा लगी आमन्त्रण पुजा गरिन्छ । सो पुजा राष्ट्र कल्याण तथा इन्द्र जात्रा अवधिभर कुनै पनि विध्न बाधा नआओस्, नहोस् भनि पुजा गर्ने परम्परा चलिआएको छ ।

दोस्रो दिन लाखे, पुलुकिसी नचाएर विशेष पुजा गरी मनाइन्छ ।

indrra

तल्लो टोलको जात्रा

लिङ्गो उठाएको तेस्रो दिन चतुर्दशीका दिन तल्लो टोलको जात्रा शुरु हुन्छ । इन्द्र जात्राका दिन परम्परा अनुसार राष्ट्र प्रमुख यानिकी राजाबाट इन्द्र जात्रा अवलोकन गर्ने र गणेश, भैरव कुमारीको रथमा विशेष पुजा गर्ने परम्परा रहेको थियो हाल भने राष्ट्रपतिबाट अवलोकन र पुजा गर्ने गरिन्छ ।

huge-mass

आजको दिन नेपाल आर्मि ब्याण्ड, गुरुजुको पल्टन, राज दमाह, सहित विभिन्न बाजागाजाका साथ श्री गणेश, श्री भैरव, श्री कुमारी माताको रथ हर्ष बधाई गर्दै नगरपरिक्रमा गराइन्छ ।

all-peopleइन्द्र जात्राको रथ ताँन्ने परम्परा श्री ५ बडामहाराजधिराज पृथ्वि नारायण शाहदेव सरकारबाट चलाइएको थियो । तिनै वटा रथ तानेर मरु, चिकमुगल,जैसिदेवल, लगन टोल, ब्रम्हटोल, वनदे, जैसि देवल हुँदै कोहीटी, भिमसेनथान, मरु, काष्ठमण्डप हुँदै वसन्तपुरमा ल्याएपछि रथ तान्ने जात्रा सकिन्छ । सोही दिन तिनैेवटा देविलाई घरभित्र भित्र्याइसकेपछि मरुबाट इन्द्रको आमाको रुपमा दाँगी निकालिन्छ । दाँगीको पछाडी मृत आत्माहरुको शान्तिको कामना गर्दे मृतकका आफन्तहरुले इन्द्रको आमासंग आफ्ना आफन्तहरु स्वर्गमा इन्द्रको आमा सँगै स्वर्गलोक जान पाउन भनि धानचामल छरी पछि पछि लागी नगर परिक्रमा गर्ने चलन छ । सो नगर परिक्रमा गर्दा कुमारीको रथ तान्ने एरियामा गर्नूपर्दछ ।

ratha

यसै दिन बउःमत लाई पनि नगर परिक्रमा गराइन्छ । बाँसको कप्टेरा माथि माटाको पालामा दियो बाली बाजागाजाका साथ कुमारीको रथ घुमाउने ठाउँमै नगर परिक्रमा गराइन्छ ।

माथिल्लो टोलको जात्रा :

पूर्णिमाको दिनमा श्री गणेश, श्री भैरव,श्री कुमारीको रथलाई हर्षाेउल्लासका साथ तिनैवटा रथलाई माथिल्लो टोलमा (वसन्तपुर, प्याफल, यटखा, नरदेवि, रक्तकाली, न्हूखाः, बाङ्गेमुढा, न्हकन टोल, असन, बालकुमारी, मच्छिन्द्र बहाल, इन्द्रचोक, मखन, हनुमानढोका) हँदै रथ परिक्रमा गराइन्छ । हनुमानढोकामा रथ पुगेपछि गणेश, भैरव, कुमारीलाई चौराशी व्यञ्जन स्वरुप समय बजी चढाइन्छ । साथै श्वेत भैरवको मुखबाट प्रसाद स्वरुप रक्सि निकालिन्छ र रथलाई पुन कुमारी घर अगाडी लगिन्छ ।bhairab

यसै दिन राति नेवारी परम्परा अनुसार घर घरमा समय बजी माग्न जाने परम्परा छ ।

प्रतिपदाको दिन कुमारी मन्दिर अगाडी रहेको डबलीमा तलेजुका मुल पुजारी उद्धव कर्माचार्य, जोशी, राज पुरोहित, बाट विशेष पुजाआजा गरी जिवित देवी श्री कुमारी माताबाट गौदान गराइन्छ ।sangina

अन्य दिनहरुमा लाखे नाच, पुलकिसी नाच, महाकाली नाच तथा विभिन्न देविदेवताहरुको नाच गरी मनाइन्छ ।celebrate indrra indra_jatra_festival_ indra-jtra huge-mass hti

इन्द्र जात्राको अन्तिम दिन नानीचा यात्रा भनि तिनैवटा रथलाई बिचको टोलमा तान्ने परम्परा छ । वसन्तपुरबाट प्याफल, एटखा, नरदेवी, किलागल, किलागल पुगेपछि कुमारी मातालाई देविनाच देखाइन्छ । त्यसपछि पुन रथलाई तानी भेडासिंग, इन्द्रचोक, मखन, हनुमानढोकामा ल्याइ पुर्याइन्छ । यसदिन पनि तिनैवटा देवताहरुलाई चौराशी व्यञ्जन स्वरुप समय बजी चढाइन्छ । र रथ ताँनी कुमारी घरमा पुर्याइन्छ । त्यस दिन जात्रा समापन भएकाले तिनै देविहरुलाई तलेजुका मुल पुजारीबाट लसकुश गरी माँ:ता दिइ लशकुश गरी कुमारी मन्दिर भित्र भित्र्याइन्छ । सो दिन गणेश, भैरव, कुमारीको हातबाट सम्पूर्ण भक्तजनहरुलाई टिका लगाईदिने परम्परा छ । यसै दिन विशेष साइतमा इन्द्रधोज पटन (लिङ्गो ढाल्ने) हर्ष बढाईका साथ ढालिन्छ । यसरी इन्द्रजात्रा (यः न्ह्याः) जात्रा समाप्त हुने जानकारी युवा विश्व हिन्दु महासंघका अध्यक्ष तथा काठमाण्डौं पच्चीसवटा जात्रा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले बताउनुभयो ।

इन्द्र जात्रा  विशेष – फोटो फिचरसहित

lingo-indra-jatra jtra-indra

indrraindra_jatra_festival_ indra-jtra huge-mass hti force celebrate bhid bhairab arting art-indra-jatra all-people ratha nacha mass making sangina ratha sanginajatra-in

प्रतिक्रिया