काभ्रेमा अठार महिला हराए, कोही पनि फेला परेनन्

इनेप्लिज २०७३ भदौ ३१ गते ६:२६ मा प्रकाशित

mahila-nepaliबनेपा, ३१ भदौ । काभ्रेपलाञ्चोकबाट चालु आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय, धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३/७४ मा २३ महिला हराएकामा पाँचजना फेला परेका छन् । सो आवमा ६ जना बालबालिकासमेत हराएका छन् ।

त्यस्तै, आव २०७२-७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका छन् भने ५७ जना अझै फेला परेका छैनन् । आव २०७१/०७२ मा ७६ महिला हराएकामा ४२ जना फेला परेका छन् भने ३४ जना अझै फेला परेका छैनन् ।

“लामो समयदेखि हराएका महिला फेला पार्न कठिन छ, तर हामीले खोजतलास जारी राखेका छौँ”, प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भन्नुभयो ।

उहाँले भूकम्पपछि महिला हराउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै कतिपय पीडितले महिला हराएको प्रहरीमा दर्ता गर्ने तर सम्पर्कमा आएको जानकारी नदिने पनि समस्या देखिएको बताउनुभयो ।

 

प्रतिक्रिया