रकम भुक्तानीको माग गर्दै किसानले उद्योगमा लगाए ताला

इनेप्लिज २०७३ भदौ १७ गते १:४४ मा प्रकाशित

बाँकी रहेको रकमको भुक्तानीको माग गर्दै रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडमा किसानहरुले विहीवार ताला लगाएका छन् । भुक्तानी प्रक्रियालाई उद्योगले बिना कुनै सूचना रोकेको र उद्योगमा वार्ता गर्ने हैसियतका कुनै ठूला कर्मचारी नभएपछि उद्योगमा ताला लगाइएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् ।

उद्योगले उखु किसानलाई ७५ करोड रुपैया तिर्न बाँकी रहेको छ । उखु किसानको प्रतिनिधिसित उद्योगले पटकपटक मूल्य तिर्ने समय तोकेको भए पनि समयअनुसार भुक्तानी नभएको भन्दै संघले ताला लगाएको हो । कात्तिक मसान्तभित्र उद्योगले ९२ करोड रुपैया तिर्ने सहमति गरेकोमा अहिलेसम्म १५ करोड रुपैया मात्र भुक्तानी दिएको संघका कोषाध्यक्ष मनोज कुमार सहनीले बताएका छन् । उखु किसानले गत दुई आर्थिक वर्षको भुक्तानी लिन बाँकी रहेको संघले जनाएको छ ।

प्रतिक्रिया