रौतहटको गरुडा नगरपालिकास्थित शिवनगरमा रहेको गणिनाथ–गोविन्द मन्दिरमा दिनभरि हजारौँको भीड देखिएको छ । रौतहटको विभिन्न भागका साथै सर्लाही, बारा र भारतको विभिन्न भागबाट आएका हजारौँ दर्शनार्थीहरुले गणिनाथ–गोविन्दको पूजा अर्चना गरेका छन् । मूलरुपमा कानू जातिको कूल देवताको रुपमा रहेको गणिनाथ–गोविन्दको पूजा अन्य जातजातिले समेत गर्ने गर्दछन् ।
कृष्णाष्टमीपछिको पहिलो शुक्रबार साँझ बिरिनेवतन, शनिवार भगवान गणिनाथ–गोविन्दको मूल पूजा तथा आइतवार बिहान दिनकरको पूजा गरेपछि सम्पन्न हुने पूजामा हजारौँ सहभागी भएका छन् । लोकदेवताको रुपमा रहेको गणिनाथ–गोविन्दको शिवनगरमा मन्दिर निर्माणाधीन रहेको छ । निर्माणाधीन मन्दिरमा नै हरेक वर्ष विधिपूर्वक पूजा हुने गरेको छ ।
प्रतिक्रिया