अमेरिकामा सहकर्मी तपाईका साथी किन हुदैनन् ?

इनेप्लिज २०७३ साउन ११ गते १:०८ मा प्रकाशित

BIJAY-THAPA

भ्रम नरहोस् ,अमेरिकामा सहकर्मी तपाईका साथी कहिले हुदैनन् l तर नहुने भनेको चाही हैन l हुदै हुदैन भन्ने पनि यसको अर्थ हैन l एउटै प्रतिष्ठान तथा कार्यालयमा संगै काम गर्ने साथी साथीलाई सहकर्मी भन्ने गरिन्छ l साथी र सहकर्मीमा आकाश जमिनको फरक पनि हुन्छ l हामी काममा पनि आफ्ना सहकर्मीलाई साथी सम्झन्छौ l सम्झनु निश्चित पनि राम्रो हुन्छ l नेपालमा सहकर्मीलाई सबै कुरा खोलेर पनि भन्छौ l पारिवारिक चिनजान र घुलमिल पनि हुन्छ तर अमेरिकामा फरक संस्कार र संस्कृति रहेको छ l धर्म पनि फरक l

हरेक दृष्टिकोणले अमेरिका बिशाल छ l क्षेत्रफल र जनसंख्या अत्यधिक भएकोले बर्षौ बर्ष सम्म संगै काम गरेको सहकर्मी भएता पनि उ सहकर्मीमा मात्र सिमित हुन्छ l र साथी हुन् खोज्दैन र हुदैनन् पनि l सामान्य रुपमा बोलचाल मात्र हुने हुन्छ l लामो समय सम्म काम गरेता पनि घर ,मामल ,ससुराली ,घर परिवार सम्बन्धि चर्चा पनि गरिदैन l आफै भन्नेले आफै ओकल्ने पनि हुन्छन तर उनीहरु केवल सहकर्मीमा मात्र सिमित हुन्छन l त्यो भन्दा बाहेक अपेक्षा गर्नु हुदैन र गर्दैनन् पनि l

तर हामी लेपासीने कोसिस गर्छौ l नजदिक बन्ने प्रयास पनि गर्छौ l नगर्नु भन्ने सवाल चाही हैन l तर त्यस्तो गर्ने परिपाटी छैन l १० औ बर्ष सम्म काम संगै गर्दा पनि त्यति खुलेर बताउने चलन छैन l ठुलो देश छ ,जागिरको भर नहुने भएकोले तु निस्काशितमा परे पछि उ यत्रो देशमा कहाँ पुग्छ कहाँ ? साध्य नै हुदैन l कालान्तरमा सम्पर्क पनि हुदैन l अमेरिकनहरु ज्यादा ठाउँ तथा स्थान पनि परिवर्तन गर्ने भएकोले त्यस्तो साथी भाई नेपाल जस्तो स्थाईत्व रहदैन l एक पटक सहकर्मी बाहिर गए पछि भेट्ने भन्ने सवाल नै हुदैन l

अमेरिकाको एक संस्थाले तपाई काम गर्ने ठाउँमा तपाईका सहकर्मी साथी किन हुदैनन् भनि ५ कारण निष्कर्ष निकालेको छ l काम गर्ने ठाउँमा तपाईका साथी हैनन् है भनि सतर्कता गरेको छ l

नया कामदार नौलो :

तपाईले यो सोच्नु हुन्छ कि आफु अरु ठाउँमा काम गरि सकेको छु l पहिलेको काममा आफुले गहिरो सम्बन्ध स्थापित गरेको जस्तो लाग्छ l तर नया काममा र सरल भएता पनि अलिक समय लाग्ने हुन्छ l नया ठाउँका सहकर्मी चाडो खुल्दैनन l निरन्तर तपाईको दृढता बाट मात्र निकास निक्लने हुँदा निकै सहनशीलता राख्नु पर्ने हुन्छ l नौलो हो भनेर सहकर्मी ज्यादा गहिराईमा जान चाहदैनन् l त्यसको लागि मन जित्नु पर्ने हुन्छ l दृष्टिकोण सकारात्मक भए पछि बिस्तारै सबै कुरा सकारात्मक हुने हुन्छ l

गल्ति दोहोर्याउनु नहुने :

तपाईले केहि चिज गल्ति गरे कालान्तरमा सुधार गर्नु पर्छ भनेको छ l गल्ति पटक पटक गरे सहकर्मीले नरुचाउने , मित्रता बाहिर बाट देखाउने र भित्र हृदय बाट टाडीने सम्भावना हुन्छ l यस्ता गर्ने सहकर्मीलाई साथी बनाउन चाहदैनन् l

जत्थामा साथी बनाउन कठिन :

तपाई नया हुनु हुन्छ भने धेरै मानिस भएको स्थानमा सयौ तथा हजारौ संख्यामा सहकर्मी हुन्छन l यस्तो अवस्थामा तपाई नौलो हुनु हुन्छ भने निकै कठिन हुन्छ l तपाईलाई धेरै समय लाग्ने र प्र त्येक संग वैयक्तिक रुपमा चिनजान गर्ने कोसिस गर्नु पर्छ अनि मात्र मित्रता बनाउन सकिने सम्भावना हुन्छ l लामो समय देखि रहेका मानिस आफ्नै दुनियामा भएकोले नया प्रवेशी लाई निकै समय लाग्ने बताएको छ l

सांस्कृतिक रुपमा ठिक हुनु हुन्न भने :

सांस्कृतिक रुपमा ठिक हुनु हुन्न भन्ने सुन्दा राम्रो लाग्दैन l कडा शब्द सुनिन्छ l किनभने हामी सबै संग हाम्रो मुल्य मान्यता तथा कामको शैली छ l कैयौ पटक हामी हरु साँस्कृतिक रुपमा योग्य पनि हुदैनौ l यदि तपाई यसमा योग्य हुनु हुन्न भने अगाडी बढ्नु उचित हुने भनेको छ l

अन्तर्मुखी व्यक्ति :

यस्तो स्वभाव भएको कर्मचारी छ भने हुल र भिडमा निकै कठिन हुन्छ l यस्तो व्यक्तिको चारै तर्फ नया मानिस हुन्छन l अन्तर्मुखी व्यक्तिले साथी बनाउन कठिन भएता पनि एक या दुई संग मित्रता कायम गरि सहकर्मी संग घुलमिल गर्नु पर्ने उल्लेख गरेको छ l कामको सम्बन्धको कारण जागिर जान सक्छ या टुट्न पनि सक्छ l

यदि तपाईको सहकर्मी काम छोडेर गए पनि बर्षौ सम्म तपाई सम्पर्कमा हुनु हुन्छ त ? यदि तपाईलाई आकस्मिक आवश्यक परेको बेलामा उ या उनिलाई तपाई सहायताको लागि सोध्न सक्नु हुन्छ ? तपाई आफ्नो सहकर्मी संग कामका दिन ,मनोरंजनको समय तथा कार्यालय बाहिर गइ रहनु हुन्छ ?

तपाईले आफ्नो सहकर्मीको अन्य संग पनि भेट गर्नु भएको छ काम भन्दा बाहिर ? यदि तपाईको सहकर्मी बढुवा भएमा तपाई उनको या उसको खुशीमा साच्चै कै हर्षित हुनु हुन्छ त ? तपाईको साथी कहाँ बस्छ तपाईलाई थाहा छ ? पारिवारिक पृष्ठ भुमि थाहा छ ?

यी माथिका कुराहरु मेल खाए तपाईका साथी हुन्छन नत्र तपाई काम गर्ने ठाउँमा तपाईले साथी या मित्र भनेता पनि आँखिर सहकर्मी मात्र हुन् l निश्चित समयको लागि संगै काम गर्ने सहकर्मी l

भ्रम नरहोस् ,अमेरिकामा तपाई संगै काम गर्ने मित्र सहकर्मी मात्र हुन् ,तपाईका साथी होईनन l

प्रतिक्रिया