अमेरिकामा अनर्थक रुपमा यसरि बन्दुक खेलाई हत्या पनि गर्छन ?

इनेप्लिज २०७३ साउन ९ गते १२:२८ मा प्रकाशित

bijay 1

अमेरिकामा नागरिकले आफ्नो सुरक्षाको लागि बन्दुक राख्ने कानुन छ l अमेरिकामा भिषण आतंकबादीको हमला पछि सेप्टेम्बर ११ देखि अझ मानिसले आफ्नो सुरक्षाको लागि बन्दुक खरिद गर्ने परिपाटी तिब्र भएको छ l

यस बिषयमा अझ संसदमा व्यापक छलफलको क्रम जारी छ l पटक पटक रिबब्लिकन तथा डेमोक्राटिक दलमा भिषण रुपमा बहस हुदै आई रहेको छ l अमेरिकामा पछिल्लो समयमा सामुहिक हत्याको शृंखला अत्यधिक बढेको छ l अमेरिकामा मात्र नभई विश्व ब्यापी रुपमा आतंकबादी समुह या यसबाट प्रभावित समुह या व्यक्तिले हत्याको क्रम जारि राखेका छन् l

तर अमेरिकामा बन्दुक राख्ने कानुनी मान्यता भएता पनि त्यसको दुरूप्रयोग गर्दै यस्ता घृणाजनक ,अनर्गल ,ऊटपटांग ,विवेकहीन ,हास्यास्पद हत्या भएका र हुने गरेका छन् l

यसरि पनि निर्दोसहरु हत्यामा संलग्न भएका र अनर्थक रुपमा ज्यान गएको छ l यस्ता मामुली र सानो कुरामा पनि बन्दुकको दुरुप्रयोग गरेका घटना देखिएका छन् l उनीहरुले यसरि हत्या भएका कारण जनाएका छन् l

गत बर्ष सन् २०१५ मा घटना भएका विवरण यस प्रकार छन् l टेक्सासमा सेप्टेम्बर १ तारिख आफु र आफ्नो काकाका छोराले बन्दुक पायौ l बन्दुक संग तस्बिर लिने प्रयास गर्दै सामाजिक संजालमा राख्ने जमर्को गर्दा गर्दै नजानिकन आफुले आफ्नो हत्या गरेको लेखेका छन् l

अर्को , आफ्नो छिमेकिले सेकुवा को आयोजना गरि दाह संस्कारको लागी अर्थ संकलन गर्ने उपाय व्यक्त गरे l आफुले कुखुरा पोले र जाडो मौसम थियो l उ संग बादबिबाद भयो l तिनीहरुलाई कुटे र त्यहि बेलामा सेप्टेम्बर ५ तारिख दुई महिलाको हत्या गरे लेखेका छन l

यस्तै , मेरो छिमेकिलाई मनोरंजन गर्न बोलाए तर उनीहरु आउन चाहेनन् l र आफुले उनीहरुलाई ढोका बाट सेप्टम्बर ८ मा बन्दुक चलाए लेखेका छन् l यस्तै ,आफुलाई नुहाउन स्नान गृह चाहिएको थियो l आफुले बन्दुक लिएको र अनियतिपूर्ण हिसाबले बन्दुक पर्खाल बाट बालबालिका माथि चलाए l तर आफु बालबालिका को हेरचाह गरि रहेको थिए l अरिजोना राज्यमा सेप्टेम्बर ८ तारिखमा घटना घटेको हो l

यसति गरि दाह संस्कार समारोहमा मंसी जम्मा भएका थिए र ठुलो स्वरमा संगीत बजाईएको थियो l आफुलाई त्यसको अनादर गरेको महसुस भयो र आफुले चालक र एक यात्रुलाई बन्दुक चलाए भनेका छन् l इलिनोई (सिकागो )राज्यमा सेप्टेम्बर ११ तारिखमा यस्तो घटना घटेको हो l

अर्को ,अमेरिकन फुटबल खेलाडीहरुले आफुलाई भोजबाट जान भने र रिसले आफुले दुवै जनालाई बन्दुक चलाएको कबुलेका छन् l सेप्टेम्बर १२ तारिख अमेरिकाको उथाह राज्यमा यस्तो घटना हुन् पुगेको छ l

यस्तै गरि , मलाई भोजको संगीत छनौट मन परेन र मैले रिसले ३ जनालाई बन्दुक चलाए र हत्या गरि दिए l आफुले पनि हत्या गरे भनि सरल रुपमा लेखेका छन् l अमेरिकाको लस एन्जेलसमा सेप्टेम्बर १३ तारिख घटेको घटना हो l

आस्चर्यजनक घटना ,मैले ४३ बर्षिय मानिसलाई लोखर्के सम्झेर गोलि हानेको भनेका छन् l सेप्टेम्बर १३ मा विस्कनसिन राज्यमा घटेको घटना हो l यस्तै गरि मेरो प्रेमिका संग विवाद भए पछि म ईशाई मन्दिर गए र उनको ,पादरी र बच्चाको हत्या गरे भनेका छन् lअलाबामामा सेप्टेम्बर २० तारिख घटेको घटना हो l

यस्तै गरि ,आफुले कसैले कार उठाउदै गरेको यन्त्र (कार ज्याक ) देखे र मैले बन्दुक अन्धा धुन्द चलाए l उसको टाउकोमा प्रहार गरेको कबुलेका छन् l टेक्सासमा सेप्टेम्बर २६ तारिख भएको घटना भएको हो l

अर्को ,मैले गाडी कुदाई रहेको अवस्थामा अति नजी बाट अर्को गाडी कुदाएको देखेर मैले गोलि हानेको कबुलेका छन् l उक्त घटना टेक्सास राज्यमा सेप्टेम्बर २८ मा घटेको घटना हो l यस्तै गरि , एउटा चित्रकारले पर्खालमा चित्र कोरी रहेको अवस्थामा मैले देखे र उ संग बाद विवाद भयो l मैले बन्दुक हाने भनेका छन् l क्यालिफोर्नियामा सेप्टेम्बर २९ तारिखमा घटेको घटना हो l

यी सबै घटना केवल सन् २०१५ को सेप्टेम्बर मा मात्र घटेको घटना हो l यस बाट हामी अनुमान गर्न सक्छौ कि अमेरिकामा एक महिना र एक बर्षमा कती यस्ता घटना बाट निर्दोषहरुको अकाल ज्यान जाने गर्दछ l यस्ता घटनामा कोहि नपरुन र कसैले दुख भोग्नु नपरोस !

पशुपतिनाथले हामी सबैको रक्षा गरुन !

प्रतिक्रिया