चितवन, ४ साउन
पुर्वि चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुका लागी खाद्यान्न खरिदको निम्ति गायत्री सर्मा अशक्त मानव सेवा ट्रष्टले ५ हजार १० रुपैयाँ बराबर चेक हस्तान्तरण गरेको छ ।
ट्रष्टकी अध्यक्ष निरकला सर्माले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई आज ५ हजार १० रुपैयाँ बराबरको रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष निरकला सर्माले यसअघि पनि केन्द्रलाई पटक पटक सहयोग उपलब्ध गराउँदै आउनु भएको छ ।
ट्रष्टकी अध्यक्ष सर्मा रत्ननगर–१२ मा अवस्थित असहाय बृद्ध कल्याण समाजको समेत संस्थापक अध्यक्ष र आजीवन संरक्षक हुनुहुन्छ ।
उमेरले ८० बर्ष नेटो काटिसकेकी सर्मा आँफैमा शारिरीक असक्त हुँदा हुँदै पनि लामो समयदेखि सामाजिक कार्यमा सकृयता पुर्वक लागिरहनु भएको छ ।
उहाँ आँफै पनि आँफुले स्थापना गर्नुभएको बृद्धाश्रममा बस्दै आउनुभएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा ट्रष्टका सचिब गोकर्ण खनालको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया