राजविराज, ४ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताहामा सोमबार साँझ माइक्रोबस पल्टिँदा आधा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट काँकडभिट्टाको लागि छुटेको बा ३ ख ८०९६ नम्बरको माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
माइक्रोबसमा सवार गम्भीर घाइते झापाको तोपगाछी–५ बस्ने ४५ वर्षीया शान्ताकुमारी राई, काठमाडौ कोटेश्वरका २५ वर्षीया सुनिता श्रेष्ठ र काठमाडौकै सुमनकुमार घिमिरेलाई उपचारका लागि गोल्डेन अस्पताल, विराटनगर पठाइएको छ भने बाँकी घाइतेको भारदहस्थित शिव क्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
दुर्घटनामा परेको माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
प्रतिक्रिया