न्युयोर्कमा शान्तिको लागि विश्व फेशन परेडको भब्य तयारी

इनेप्लिज २०७३ असार ९ गते ०:२१ मा प्रकाशित

wfp 2

अमेरिकाका नेपाली मुलका युवाहरुको बिशेष संलग्नता तथा पहलमा आगामी सेप्टेम्बर महिनामा शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना हुने भएको छ l

शान्तिको लागि भेषभुषा को नारा दिइएको उक्त कार्यक्रम सेप्टेम्बर २५ तारिख न्युयोर्कको प्रसिद्ध गोथाम सभा कक्षमा हुने तय भएको छ l विश्व शान्तिको प्रबर्धन फेशनको माध्यम द्वारा भन्ने नारालाई बिशेष महत्व दिइएको उक्त कार्यक्रम अहिले सम्म भेषभुषा प्रदर्शन बिश्व शान्तिको प्रबर्धन भनि नगरिएको आयोजकले दाबि गरेका छन् l

यस बृहत फेशन प्रदर्शनमा बिश्व भरका डिजाइनर (रुपकार) तथा मोडल( प्रतिरुप) हरु सहभागी हुने छ l उनीहरुले सयुक्त रुपमा बिश्व शान्तिको संदेश दिने गरि सबैलाई एक थलोमा ल्याईने बताइएको छ l

wfp 3

अमेरिकामा नेपालीहरुको कार्यक्रम मै ईतिहासमै यो कार्यक्रम सबै भन्दा ठुलो हुने छ भन्ने विश्वास गरिएको छ l जसको कारण नेपालको नाम लाई सगरमाथा झैँ उच्च बनाउने विश्वासको साथ नेपाली मुलक युवाहरु अहोरात्र खटिई रहेका छन् l

विश्व भेषभुषा प्रदर्शन को कार्यक्रम स्थल गोथाम सभा मण्डपको कार्यक्रम स्थलको शुल्क अति चर्को पर्न जाने भएता पनि आँट गरि अगाडी बढी रहेका छन् l

wfp 5

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने विश्व फेशन परेडका रणनीति तथा संचालन निर्देशक निराकार उप्रेतीले यो भनेको स्वप्न मंच हो भने l जहाँ विश्वका भेषभुषा रुपकार तथा नमुना महिला तथा पुरुष सहभागी हुदैछन् l यो बृहत परियोजनालाई सिद्ध गर्न हामी कुनै कसर नछोड्ने प्रतिबद्धता सहित अगि बढी रहेको बताए l उनले अगाडी भने यस्ता बृहत कार्यक्रममा हामी सबै नेपाली समुदायले गर्व गर्नु पर्छ भने l

विश्व शान्तिको संदेश साथमा लिएर वर्ल्ड फेसन परेडले नेपाललाई प्रबर्धन गर्न योगदान गर्ने छ l वर्ल्ड फेसन परेड नेपाल पर्यटन बोर्डकि सद्भावना दुतको साथ सहभागी हुने छ जस्मा नेपालको कला ,संस्कृति ,फेसन तथा पर्यटक क्रियाकलापको प्रदर्शन गरिने भएको छ l

neerakar upreti

प्रतिक्रिया