एसएलसीको नतिजा सार्वजनिक (नतिजासहित)

इनेप्लिज २०७३ असार २ गते २३:११ मा प्रकाशित

SLC-result-555x322

काठमाडौ, २ असार । यस वर्षको एसएलसी परिक्षाको नतिजा सार्वजनिक भएको छ ।
परिक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा सहभागि भएका मध्ये कोही पनि फेल भएका छैनन ।
परिक्षामा कुल ५ लाख ८८ हजार एक सय ५२ विद्यार्थी मध्ये नियमिततर्फ बाट चार लाख ३७ हजार तीन सय २६ र एक्जामटेडतर्फ १ लाख ५० हजार ८ सय २६ विद्यार्थी सहभागि थिए ।

ग्रेडिङ पद्धतिबाट निकालिएको नतिजामा नियमित तर्फ ३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना, २.४ देखि २.८ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् ।

त्यसैगरी २.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना, १.६ देखि २.० जीपीए ल्याउने १ लाख हजार ४ ७७ जना, १.२ देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ जना, ०.८ देखि १.२ ल्याउने ८ हजार र ०.० देखि ०.८ ल्याउने ११ रहेका छन ।
नियमित तर्फ उमेर नपुगेका १६ जना, सैद्धान्तिक परीक्षामा अनुपस्थित १७३३ जना, प्रयोगात्मक परीक्षामा अनुपस्थित १८०० जना, क्यान्सिल १८८ जना, ड्रप आउट ६ हजार ८ सय ७८ र निश्काशित १ जना रहेका छन ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिएको छ । जसमा ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ ।

प्रतिक्रिया