विद्यार्थीलाई संविधानबारे प्रशिक्षण

इनेप्लिज २०७३ जेठ १० गते १२:२३ मा प्रकाशित

20160523_132320

रत्ननगर १० जेठ
वोडिङ स्कुलहरुको परीक्षा समिति सेबोब्स पूर्वी चितवनको आयोजनामा सोमवार सामाजिक विषय शिक्षण सिकाईका समस्या र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शिक्षण सिकाई र नयाँ संविधानमा शिक्षा नीतिका वारेमा छलफल गरिएको थियो ।

20160523_132346

कार्यक्रमका प्रमुख अतिथि साँसद कृष्ण भक्त पोखरेलले नयाँ संविधानको विशेषता,संविधानमा अन्र्तरनिहीत विषय बस्तु,मौलिक हक,राज्यशक्तिको बाडफाँड,शिक्षा नीतिका वारेमा सहजीकरण गरेका थिए । पूर्वी चितवनका चारबाट विद्यालयपका विद्यार्थीहरु सहभागी सो कार्यक्रममा शिक्षकहरु बसन्त अधिकारी,सुर्दशन कँडेल र गणेश ढकालले सामाजिक विषय शिक्षण सिकाईका समस्या र चुनौती तथा सामधानका उपायहरुका बारेमा प्रकाश पारेका थिए ।

20160523_135501

सेबोब्स पूर्वी चितवनका अध्यक्ष विष्णुमणि लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष वेदबहादुर गुरुङ,इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी जयराज सापकोटा,भण्डारा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्साल, सेबोब्स पूर्वी चितवनका सचिव गणेश शर्मा पौडेल लगायतले वोलेका थिए ।

20160523_132348

प्रतिक्रिया