मिस नेपाललाई रत्ननगरमा सम्मान

इनेप्लिज २०७३ वैशाख १९ गते १३:४६ मा प्रकाशित

रत्ननगर
रत्ननगर उद्योग वाणिज्य संघले सन २०१६ की मिस नेपाल रत्ननगर निवासी अस्मी श्रेष्ठलाई शनिवार स्वागत तथा सम्मान गरेको छ । मिस नेपालको ताज पहिरिएर रत्ननगरको नाम राष्टिय स्तरमा चिनाउन सफल भएको भन्दै श्रेष्ठलाई संघले एक भब्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंह र संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अबसरमा संघका अध्यक्ष विसुरालले रत्ननगरकी छोरीले मिस नेपालको ताज जित्नु सामान्य कुरा नभई समग्र चितवन जिल्लाको प्रतिष्ठाको विषय भएको बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल लगायत सुरक्षा निकायका प्रमुख,सरकारी कार्यालयका प्रमुख,जिल्ला अदालत,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले धन्यवाद मन्तब्य राखेको सो कार्यक्रम महासचिव देवेन्द्र कुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया