प्रेस युनियनका सचिव क्षेत्रीको निधन

इनेप्लिज २०७३ वैशाख १६ गते १९:४३ मा प्रकाशित

2

काठमाडौँ, १६ वैशाख । प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको निधन भएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका पत्रकार क्षेत्रीको उपचारका क्रममा विहीबार राति अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको प्रेस युनियनका महासचिव अजयवाबु सिवाकोटीले जानकारी दिए । बिहीवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि न्युरो अस्पतालमा उपचारका लागि पुर्‍याइएका क्षेत्रीलाई चिकित्सकहरुले उपचारका क्रममा राति सवा ९ बजेतिर मृत घोषित गरेका थिए । २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहेका क्षेत्रीको शल्यक्रिया र अन्य प्रविधीको प्रयोग गरि नेपालस्थित अन्नपूर्ण न्यूरो अस्पताल र भारतमा पनि उपचार भएको थियो । केहि महिनादेखि ब्रेन ट्युमरको समस्या थप बल्झिएपछि क्षेत्रीको न्यूरो अस्पताल माइतिघर काठमाडौंमा उपचार भइरहेको थियो । क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन । उनका आमा बुवा स्याङजा बस्दै आएका छन् । क्षेत्रीको शुक्रबार अन्त्येष्टि गरिने महासचिव शिवाकोटीले बताए ।

प्रतिक्रिया