नारायणस्थान बलेवा, बाग्लुङमा “कृषि उत्पादन प्रदर्शनी एवं हाट बजार मेला -२०७३ ” को उद्घाटन कृषि मन्त्री हरिवोल गजुरेल ज्युबाट हुँदै –

इनेप्लिज २०७३ वैशाख १० गते १९:१३ मा प्रकाशित

image2

नेपालमा अझै पनि अधिकांश मानिसहरु कृषिमा आश्रित रहेका छन् । कृषिमा आधुनिक प्रविधीको प्रयोग हुन सके मात्र आम कृषकहरुको जीवनस्तर उकास्न सकिने र त्यसबाट समग्र देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनिय हुन सक्ने देखिन्छ । निर्वाहमुखी कृषिलाई व्यवसायिक कृषिको रुपमा रुपान्तरण गर्नको लागी सरोकारवाला निकायहरुले कृषकलाई चाहिने प्राविधिक, आर्थिक सुविधा एवं आवस्यक कृषि सम्बन्धी तालिम लगायत समयमै बिउबिजन, रासायनिक मल, कीटनाशक औषधी, भण्डारणको सुविधा एवं सिंचाईको व्यवस्था साथै कृषि फसल एवं पशु विमा लगायतका सुविधाहरु समेत दिई उनीहरुले उत्पादन गरेका वस्तुहरुको उचित बजारीकरणको व्यवस्था गरिदिनु पर्ने हुन्छ ।

कृषि एवं पशुपालन , कुखुरा पालन , मत्स्यपालन, फलफुल तथा तरकारी खेती देखि घरेलु तथा लघु उद्यम संचालनको लागी आवस्यकरुपमा कृषकहरुलाई आकर्षित हुने कार्यक्रम सरकारले लागु गर्न सके पक्कै पनि ग्रामिण वेरोजगारीको समस्यालाई केहीहद सम्म न्युनीकरण गर्न टेवा पुग्न सक्छ । अर्को तर्फ ग्रामिण तहमा संचालित विभिन्न सहकारी संस्थाहरु लगायत विभिन्न आर्थिक संघ-संस्थाहरुले कृषि क्षेत्रलाई प्रवर्धन गर्न आवस्यक फलदायी कार्यक्रमहरु लागु गर्न सके अवस्य पनि गाउँघरमा स्वरोजगारीको सृजना र कृषकहरुलाई आत्म निर्भर एवं कृषिलाई व्यवसायीक पेशाको रुपमा स्थापित गर्न सकिन्छ ।
यस्तै कुरालाई मध्यनजर गर्दै बाग्लुङको बलेवा क्षेत्रका पाँचवटा गा.वि.स. का कृषकहरुलाई कृषिजन्य कार्यमा लाग्न प्रोत्साहित गर्ने र उनीहरुले उत्पादन गरेको उत्पादनलाई स्थानियतवरमै बजार व्यवस्था गर्ने लक्ष्यका साथ बलेवा, बाग्लुङको नारायणस्थान गा.वि.स. मा विभिन्न स्थानिय एवं जिल्ला स्तरिय संघ-संस्थाहरुको सामुहिक प्रयासमा स्थानिय उत्पादनलाई प्रवर्धन गर्ने गरि ” कृषि उत्पादन प्रदर्शनी एवं हाटबजार मेला” आयोजना हुँदै छ । यस किसिमको मेला सबैको सामुहिक प्रयासबाट कम्तीमा दुई हप्ताको एक पटक संचालन गर्ने कुरा पनि आयोजकहरुबाट जानकारी हुन आएको छ । उक्त हाट बजार मेलामा बलेवा नेरघेरमा पर्ने अन्य गा.वि.स. लगायत पर्वत कुस्मा बजारका साथै पर्वतकै अन्य छिमेकी गा.वि.स.हरु बाट समेत मेलामा सर्वसाधरणहरुको उल्लेखनिय सहभागीता हुने आयोजकहरुले बताएका छन् । यस मेलालाई सफल तुल्याउन विभिन्न समितीहरु गठन गरि भरपुर तयारी गरिएको बुझिएको छ ।
उक्त मेलालाई नेपाल सरकारका माननीय कृषि मन्त्री हरिवोल गजुरेलको प्रमुख आथित्यतामा यही आउँदो बैशाख १८ गते भव्य कार्यक्रमका साथ मेलाको उद्घघाटन हुने कार्यक्रम तय गरिएको छ । जुन कार्यक्रममा चर्चित लोकदोहोरी गायकहरुबाट मनोरंजनात्मक सांगेतिक कार्यक्रम प्रस्तुत गर्ने पनि जानकारी गराईएको छ । यसरी ग्रामिण कृषिलाई व्यवसायीकीकरण गर्न सके र यस्तै हाट बजार लगायत कृषि प्रदर्शनी समय-समयमा आयोजना हुन सके साथै ग्रामीण कृषि सडकको संजालको विस्तार हुन सके अवस्य पनि कृषि कार्य प्रति युवाहरुको आकर्षण बढ्न सक्ने र विना सिप जोखिमपुर्ण काममा खाडी लगायतमा मुलुकमा युवाहरु जाने क्रम केही हदसम्म भए पनि कम हुन सक्ने देखिन्छ ।
उक्त कृषि उत्पादन/उपज प्रदेशनी एवं हाट बजार मेलाको कार्यक्रम सम्बन्धी हाटबजार मेला व्यवस्थापन समितीका अध्यक्षबाट जारी विज्ञप्ति जस्ताको त्यस्तै देहाय बमोजिम उल्लेख गरिएको छ –

बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि. नारायणस्थान, बलेवा, बागलुङको संयोजन, जिल्ला कृषि विकास कार्यालय बागलुङ, पशुसेवा कार्यालय बागलुङ, नारायणस्थान गाविस, र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा बागलुङ जिल्लाको दक्षिणवर्ती बलेवा क्षेत्रका पाँच गा. वि. स. (नारायणस्थान, पैयुँपाटा, भकुण्डे, अमलाचौर र कुश्मीसेरा) हरुलाई समावेश गरी यस क्षेत्रका कृषक तथा लघु उद्यमीहरुलाई व्यवसायी र आत्मानिर्भर बनाउने उद्देश्य सहित कृषि तथा लघुउद्यमलाई बजारीकरण तथा प्रवद्र्धन गर्न यहि मिति २०७३ बैसाख १८ गतेका दिन विहान ८ बजेबाट बेलुकी ८ बजेसम्म ‘वृहद लघुउद्यम तथा कृषि उपज प्रर्दशनी एवम् हाट बजारमेलाः २०७३’ नेपाल सरकारका कृषि मन्त्री माननीय हरिबोल गजुरेल ज्यूको प्रमुख आतिथ्यतामा शुभारम्भ हुन गईरहेकोले बलेवा क्षेत्र तथा अन्य क्षेत्रका लघु उद्यमी तथा किसानहरुलाई आफुले उत्पादन गरेको कृषि उपज, मह, च्याउ, पशुपंक्षी, फलफुल, तरकारी बिक्री तथा प्रर्दशनीको लागि कार्यक्रम स्थलमा समयमै ल्याई पुर्याउन तथा आम उपभोक्ताहरुलाई कृषि उपजको खरिदको लागि उपस्थित भई दिनुहुन अनुरोध छ ।
कार्यक्रम हुने स्थानः नारायणस्थान ७ गार्लुङ
समयः बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
कार्यक्रम हुने मितिः २०७३ बैशाख १८ गते
साथमा चर्चित लोकदोहोरी गायक प्रजापति पराजुली, कृष्ण अखेली र शिव अखेलीको सांगितिक प्रस्तुती पनि रहनेछ ।
आयोजक हाट बजार संचालन तथा व्यस्थापन समिति नारायणस्थान
विस्तृत जानकारीको लागि
भरत पौडेल अध्यक्ष हाट बजार व्यवस्थापन समिति ः ९८५७६२१७८९
रेशम शर्मा सचिव ९८५७६२२१४७
दिपेन्द्र खड्का ९८५७६४०७७७
लोकनाथ पौडेल प्रमुख पशुसेवा उपकेन्द्र नारायणस्थान ९८४७६२५६७७
आशिष सुबेदी प्रवन्धक बलेवा एकता साकोस ९८५७६२१७८९
प्रताप पौडेल प्राविधिक पशुसेवा उपकेन्द्र नारायणस्थान ९८५७६२२५२५
सन्तोष शर्मा बलेवा एकता साकोस ९८५७६२८७८९
अन्तमा यस कार्यक्रमको पुर्ण सफलताको कामना सहित हार्दिक शुभकामना व्यक्त गरिन्छ ।

( प्रस्तुती-प्रकाश श्रेष्ठ , बलेवा ,बाग्लुङ )

image1

प्रतिक्रिया