सातदोबाटोमा भेटिएको झोला प्रहरीले सम्बन्धित धनीलाई बुझायो

इनेप्लिज २०७३ वैशाख ७ गते ११:२३ मा प्रकाशित
timthumb.phpकाठमाडौं, ७ वैशाख । सातदोबाटो प्रहरी वृतका प्रहरी जवान मक्कुलाल थारुले सातदोबाटोमा भेट्टाएको झोला ३ दिनपछि ललितपुर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।  ललितपुर प्रहरी परिसरका एसएसपी पीताम्बर अधिकारीको रोहवरमा थारुले ४० हजार नगदसहित भेट्टाएको झोला सम्बन्धित धनी पुनमकुमारी ठाकुर झालाई बुझाएका हुन् ।

जनकपुर घरमा छोराको ब्रतबन्ध सकाएर काठमाडौं आउने क्रममा सो झोला ट्याक्सी चढेर हात्तिवन जानेबेला हराएको थियो । विभिन्न संचारमाध्यममा झोला भेटिएको समाचार हेरेपछि आफू प्रहरीसमक्ष आएको पुनमले बताईन। झोला कहाँ हरायो, बसमा की अन्तै कतै भन्ने विषयमा द्धिविधा भएका कारण प्रहरीमा उजुरी गर्न नआएको पुनमले बताईन ।
‘प्रहरीले झोला भेटेको कारण पाएँ, सर्वसाधारणले भेटेको भए सायद पाउदैन थे होला’ पुनमले भनिन् । ललितपुरका एसएसपी अधिकारीले यात्राका क्रममा आफूसँग भएको सामानको बारेमा ध्यान दिनुपर्ने बताए। यात्राका क्रममा सामान हराए नजिकैको प्रहरीमा खबर गर्न उनले सबैसित आग्रह गरे ।

प्रतिक्रिया