डुङ्गा दुर्घटनामा एक बालकको मृत्यु दुई घाइते

इनेप्लिज २०७३ वैशाख १ गते १४:१० मा प्रकाशित

चितवन, १ वैशाख । विक्रमबाबाको दर्शन गरेर फर्कने क्रममा आज दिउँसो राप्ति नदीमा डुङ्गा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ बजे डुङ्गा डुङ्गा दुर्घटना हुँदा सोलुखुम्बुको लुक्ला स्थायी घर भई पश्चिम चितवनको कसरा बस्ने वर्ष ५ का देव श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठका १२ वर्षे दाजु केशव र चितवनको वीरेन्द्रनगर निवासी २४ वर्षीया आशा गुरुङको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

चालीस जना सवार डुङ्गा पल्टिएपछि उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले उद्वार गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जभित्र हरेक वर्ष चैते दसैँमा विक्रमबाबाको पूजाका लागि भक्तजन जाने गर्दछन् ।

प्रतिक्रिया