बसभित्रै यात्रुको मृत्यु

इनेप्लिज २०७३ वैशाख १ गते २:५१ मा प्रकाशित

कञ्चनपुर, १ वैशाख । कञ्चनपुरको झलारीबाट दार्चुलाका लागि बस चढेका ६५ वर्षीय जगत डांगाको गएराति बसभित्रै मृत्यु भएको छ ।

दार्चुला दत्तु–३ निवासी डांगाको ना४ख ५३३६ नम्बरको बसबाट यात्रा गर्दै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृत्यु भएका डांगा दमरोगी भएको बताइन्छ ।

प्रतिक्रिया