परियार समाजको सम्मेलन वैशाखमा

इनेप्लिज २०७२ चैत २६ गते १:३४ मा प्रकाशित

काठमाडौँ, २६ चैत । परियार सेवा समाजको तेस्रो राष्ट्रिय सम्मेलन बैशाखमा हुने भएको छ ।

यही चैत २७, २८ र २९ गते बुटवलमा हुने भनिएपनि भूकम्प र नाकाबन्दीले पारेको असरका कारण सो सम्मेलन वैशाख २७, २८ र २९ गते गर्ने तयारी गरिएको यहाँ बिहीबार आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक बलबहादुर सुन्दासले भूकम्प, नाकाबन्दीसँगै सम्मेलन सम्पन्न गर्न आर्थिक तथा प्राविधिक तयारी नपुगेका कारण सम्मेलन सार्नुपरेको जानकारी दिनुभयो ।

दलित समुदायभित्रको परियार जातिको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विकास तथा जागरणका लागि २०५२ सालमा समाजको स्थापना गरिएको हो । परियार जातिको उच्चस्तरीय अनुगमन तथा परामर्श समितिका संयोजक डिबी परियारले सरकारी तथ्याङ्कमा परियार जातिको सङ्ख्या चार लाख ५० हजार भनिए पनि सेवा समाजको अनुमानमा करिब पाँच लाख ५० हजार हुन सक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया