संविधानबारे विदेशीले प्रश्न उठाउनु गलत: पर्यटन मन्त्री

इनेप्लिज २०७२ चैत २५ गते १:१२ मा प्रकाशित

ananda-pokhrelभक्तपुर, २५ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको संविधानका बारेमा विदेशीले प्रश्न उठाउनु गलत भएको बताउनुभएको छ ।

भक्तपुरको सल्लाघारीमा बुधवारदेखि सुरु भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन गर्दैै उहाँले भारत र युरोपेली सङ्घ (इयु)ले नेपालको संविधानको बारेमा प्रश्न उठाउनु गलत भएको बताउनु भएको हो ।

मन्त्री पोखरेलले भन्नुभयो, “नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो, यसका बारेमा भारत र इयुले प्रश्न उठाउनु अघि आफ्ना देशको संविधान हेरुन्, ती देशका संविधानभन्दा नेपालको संविधान कयौँ गुणा उत्कृष्ट छ ।”

दुई सयवटा बिक्री तथा प्रदर्शनी कक्ष रहेको मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, अटो, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुडा र पर्यटन प्रवद्र्धन कक्ष रहेको छ ।

मेलामा बिक्री हुने सामानमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको मेलाका संयोजक दीपक थापाले जानकारी दिनुभयो । मेला करिब पाँच लाखले अवलोकन गर्ने तथा करिब रु १२ करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया