राप्रपा नेपालले हिन्दु राष्ट्र कायम गर्न संविधानमा संसोधन दर्ता गराउने

इनेप्लिज २०७२ चैत २० गते १०:३७ मा प्रकाशित

Obama-xi-modi-768x415

काठमाडौ, २० चैत । संविधानलाई स्विकारेर सरकारमा सहभागि भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ब्यवस्थापिका संसदमा धर्म निरपेक्षतालाई संसोधन गरी हिन्दु राष्ट्र स्थापित गर्न संसोधन प्रस्ताव लैजाने भएको छ ।
आज बीरगञ्जमा सकिएको तीन दिने केन्द्रीय कार्य समितिको बैठकले हिन्दु धर्म स्थापित गर्न संसदमा संसोधन प्रस्ताव दर्ता गर्ने र सो अस्विकार गरिए संसद र सडकमा आन्दोलन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलनाथ गिरीले जानकारी दिए ।
उनले संसदले अस्विकार गरेर धर्मको विषयमा जनमत संग्रह घोषणा नहुन्जेलसम्म सडक र सदनको आन्दोलनलाई जारी राख्ने स्पष्ट पारे ।
बैठकले पार्टी सरकारमा सहभागि भएपनि जनताका आवश्यकताहरु पुरा गर्न नसकेको, महंगी, भ्रंष्टाचार र कालाबजारी बढेको ठहर गर्दै त्यसका विषयमा सरकारको गंभिर ध्यान आर्कषण गराउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाले फेसबुकमा स्टाटस लेख्दै सरकारको काम सन्तोषजनक नभएकोले जनतालाई राहतदिने प्रभावकारी कदम तत्काल चाल्न आग्रह सहित सरकारमा पार्टीको सजगतापुर्ण सहभागितालाई निरन्तरता दिने निर्णय गरेको जनाएका छन ।
त्यसैगरी बैठकले चैत्र महिनाभित्रै राप्रपा र राप्रपा नेपालवीचको पार्टी एकीकरणलाईलाई टुङग्याएर तीन महिनाभित्र राष्ट्रिय महाधिवेशन गरेर नेतृत्व चयन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पार्टीको सबै जिल्ला अधिवेशनहरु जेठ मसान्त भित्र गरिसक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया