रत्ननगर (चितवन), १७ चैत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले देश विकासका निम्ति पूर्वाधार निर्माण अपरिहार्य भएको बताउनुभएको छ ।
चितवनको रत्ननगरमा आजदेखि सुरु निर्माण व्यवसायीको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ साधारणसभाको दोस्रो सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका सचिवलाई पाँचवर्षे विकास रणनीति ल्याउन निर्देशन दिइएको उहाँको भनाइ थियो ।
नेपालका धेरै नदीमा पुल आवश्यक भए पनि अझै बन्न नसकेको भन्दै उपप्रधानमन्त्री गच्छदारले आउँदो पाँच वर्षमा कति पुल निर्माण हुनेछ, भनेर कार्ययोजना बनाउन पनि मन्त्रालयलाई निर्देशन दिइसकेको बताउनुभयो ।
प्रतिक्रिया