कास्कीबाट एसएलसी परीक्षामा छात्रा बढी

इनेप्लिज २०७२ चैत १७ गते २:४१ मा प्रकाशित

slcपोखरा, १७ चैत । यही चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा कास्कीमा छात्रभन्दा छात्राको सङ्ख्या बढी देखिएको छ ।

सो परीक्षामा छात्रातर्पm पाँच हजार ३८१ छन् भने छात्रतर्पm पाँच हजार २१५ रहेको जिल्ला शिक्षा कार्यालय कास्कीका परीक्षाशाखा प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । जिल्लाबाट १२९ जना छात्रछात्रा अयोग्य ठहरिएकाले यो वर्षको एसएससी परीक्षामा सामेल हुन नपाउने पनि कार्यालयले जनाएको छ ।

वर्षमा ७० प्रतिशत हाजिरी नपुग्नु, बीचैमा कक्षा छोड्नु र बसाइँसराइका कारण ती विद्यार्थी परीक्षा दिनबाट अयोग्य ठहरिएको परीक्षाशाखा प्रमुख पोखरेलले बताउनुभयो । परीक्षामा नियमिततर्पm १० हजार ४६७, एक्जाम्टेडतर्पm एक हजार २०३, बालसुधार गृहतर्पm १२, प्राविधिकतर्पm ५५ र कारागारबाट तीनजना छात्रछात्रा सामेल हुन पाउनेछन् ।

त्यस्तै, सो परीक्षामा १२ सुस्तः श्रवण (बहिरा) र ११ जना दृष्टिविहीन छात्रछात्राले पनि परीक्षा दिनेछन् । १६१ संस्थागत र ११६ सामुदायिक विद्यालयका छात्रछात्रा सम्मिलित हुने सो परीक्षाका लागि जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा ३० वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा सञ्चालनका लागि ३० केन्द्राध्यक्ष, ५५ सहायक केन्द्राध्यक्ष र ५६५ जना निरीक्षकको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । एसएलसी परीक्षाका लागि सबै प्रश्नपत्र प्रहरी कार्यालय र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्‍याइसकिएको कार्यालयका शाखा अधिकृत खेमराज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया