विराटनगर, ८ माघ । मोरङको पूर्वी क्षेत्रको रङ्गेलीबजार आज बिहानदेखि पूर्ण रुपले बन्द रहेको छ ।
प्रहरीसँगको झडपमा बिहीबार रङ्गेलीमा दुई र डाइनियामा एक गरी तीन कार्यकर्ताको मृत्यु भएपछि मधेसी मोर्चाद्वारा आज बन्दको आह्वान गरिएको हो । विराटनगरदेखि २२ किलोमिटर पूर्वमा अवस्थित रङ्गेली–विराटनगर सडकखण्डमा बिहानैदेखि सार्वजनिक यातायातका सेवा पनि ठप्प भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले बिहानदेखि अहिलेसम्म कुनै प्रकारको अप्रिय घटना नघटेको जानकारी गराएको छ । उक्त क्षेत्रमा आज व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया