अदालतसँग विद्यार्थी

इनेप्लिज २०७२ माघ ६ गते २:५५ मा प्रकाशित

मलेखु (धादिङ), ६ माघ । । जिल्ला अदालत धादिङले आफूले गरेका कामकारबाहीबारे नीलकण्ठ उमाविका विद्यार्थीलाई मङ्गलबार जानकारी गराएको छ ।

अदालतमा मुद्दा दायर गर्ने, अनुसन्धान गर्ने, फैसला हुने आदि प्रक्रियाबारे जानकारी गराइएको थियो । पछिल्लो समय सर्वसाधारण जनताको न्यायालयप्रतिको नकारात्मक धारणा हटाउन र सर्वसाधारण जनतालाई अदालतको कामकारबाही बारेमा जानकारी गराउन विभिन्न गाउँमा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्र वाग्लेले जानकारी दिनुभयो

कार्यक्रममा सहभागी विद्यार्थीले अदालतबाट असहाय र विपन्न वर्गलाई प्रदान गरिने निःशुल्क कानुनी सहयताको प्रक्रिया, छनोट गर्ने आधार, मुद्दा फैसालामा हुने गरेको घुसपैठ र त्यस्ता घुसपैठ गर्नेमाथि हुने कारबाही, महिलाका कानुनी हकअधिकार जस्ता विषयमा जिज्ञासा राखेका थिए ।
विद्यार्थीहरुको जिज्ञासामा जिल्ला न्यायाधीश ईश्वरराज आचार्य र स्रेस्तेदार वाग्लेले प्रस्ट पार्नुभएको थियो ।

प्रतिक्रिया