प्रहरीलाई सहयोग प्रदान

इनेप्लिज २०७२ पुष २५ गते ४:४५ मा प्रकाशित

धुन्चे (रसुवा), २५ पुस । भूकम्पबाट तहसनहस भएको रसुवागढी अन्तर्राष्ट्रिय सीमा क्षेत्रको सुरक्षाकार्य सहज पार्न प्रहरीलाई दाताले टेन्ट प्रदान गरेका छन् ।

नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङका अनुसार सीमा क्षेत्रमा अहोरात्र पालोपहरा दिने सुरक्षाकर्मीको समस्यालाई ध्यानमा राखी आफ्नो पहलबाट तिब्बेतियन आचार टुरिजम सर्भिसका प्रबन्धक सुर्तिम र काठमाडौँ वान होटलका प्रबन्धक फ्यानको सहयोगमा टेन्ट र सोलार बत्ती व्यवस्थापन गरिएको हो ।

अठचालीस ४८ हजार चिनियाँ मुद्रा बराबरको उक्त टेन्ट र सोलार बत्ती शुक्रबार एक कार्यक्रमबीच रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरिएको सङ्घका उपाध्यक्ष कामी छिरिङ तामाङले बताउनुभयो ।

तीस जनाभन्दा बढी मानिस अट्ने टेन्ट र उज्यालोको लागि सोला बत्ती व्यवस्थापनले सुरक्षा काममा खट्ने प्रहरी कर्मचारीलाई काम गर्न र व्यवसायमा ओहोरदोहोर गर्ने व्यवसायीलाई पनि पानी परेका बेला ओत लाग्न समेत सहज भएको प्रहरीले बताएका छन् ।
रसुवागढीमा रहेको भन्सार अध्यागमन कार्यालय र प्रहरी पोस्ट वैशाख १२ को भूकम्पले तहसनहस गरेपछि नेपाल प्रहरीले खुल्ला आकाशमुनि बसेर काम गर्नुपर्ने बाध्यता थियो

प्रतिक्रिया