कनकाई बिहानी क्लबलाई १५ लाख बराबरको जग्गादान

इनेप्लिज २०७२ पुष २२ गते ३:०३ मा प्रकाशित

काँकडभिट्टा (झापा), २२ पुस । झापाको कनकाई नगरपालिका–१ का कुमारबहादुर खत्रीले आफ्ना दिवङ्गत मातापिताको नाममा रु १५ लाखबराबरको जग्गा कनकाई बिहानी क्लबलाई दान गर्नुभएको छ ।

जग्गादाता खत्रीले मङ्गलबार एक कार्यक्रमबीच क्लबका अध्यक्ष मनोज बस्नेतलाई १५ धुर जग्गा दान गर्नुभएको हो । सो जग्गामा क्लबको भवन र मन्दिर निर्माण गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया