त्रिशूली (नुवाकोट), ९ मङ्सिर । नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट)ले ६० भूकम्पपीडित मजदुरलाई आर्थिक सहयोग गरेको छ ।
महासङ्घले भूकम्पबाट पीडित सङ्गठनका अति विपन्न तथा प्रभावित सदस्यको छनोट गरी प्रतिव्यक्ति रु पाँच हजारका दरले रकम वितरण गरेको हो । जिल्लाका विभिन्न गाविसका ६० सदस्यलाई मङ्गलबार राहत वितरण गरिएको जिफन्ट नुवाकोटका सचिव नारायण नेपालले जानकारी दिनुभयो । भूकम्पपछि घरबारविहीन मजदुरका छोराछोरीलाई न्यानो कपडा दिलाउने उद्देश्य राखी राहत रकम वितरण गरिएको जिफन्ट वाग्मती अञ्चल अध्यक्ष रामहरि नेपालले बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले भूकम्पबाट प्रभावितलाई घर निर्माणका लागि सरकारले दिने भनिएको रु दुई लाखमा वृद्धि गरी रु पाँच लाख रुपैयाँ पुर्याउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । जिफन्ट नुवाकोटका अध्यक्ष भोलाप्रसाद सेढाईंले विपन्न परिवारलाई आगामी दिनमा पनि सहयोग निरन्तरता हुने बताउनुभयो ।
किसानलाई ट्र्याक्टर
भूकम्पपीडित किसानका लागि अमेरिकी सहयोग नियोग र कृषि विकास मन्त्रालयको संयुक्त कार्यक्रम मार्फत ट्य्राक्टर र कृषि सामग्री प्रदान थालिएको छ । मङ्गलबार खानीगाउँ गाविसको ढिकुरेमा खानीगाउँ गाविसका चार कृषि सहकारी र १० कृषि सहकारी संस्थामा आबद्ध ५०० किसानलाई कृषि उपकरण तथा सामग्री प्रदान गरिएको हो ।
मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई र नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिट्जले अमेरिकी सहयोग नियोगको आर्थिक सहयोगमा मन्त्रालय र अन्तर्राष्ट्रिय मकै तथा गहुँबाली सुधार केन्द्र सिमिटद्वारा सञ्चालित संयुक्त कार्यक्रम ‘भूकम्पीय क्षति पुनस्र्थापना सहयोग कार्यक्रम’ अन्तर्गत ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा अमेरिकी राजदूतले नेपाल सरकार र स्थानीय साझेदारसँग मिलेर नेपाललाई सहयोग गर्ने कार्यक्रममा सहयोगलाई निरन्तरता दिँदै सुरक्षित पुनःनिर्माणका लागि साथ दिने बताउनुभयो । उहाँले अमेरिकी सरकारले नेपालको अन्तर्राष्ट्रिय मकै तथा गहँुबाली सुधार केन्द्र (इन्टरनेसनल मेज ह्विट इम्प्रुभेमन्ट सेन्टर, सिमिट) मार्फत थप एक मिलियन डलर उपलब्ध गराउने र द फ्युचर भन्ने कार्यक्रमका लागि अहिलेको भन्दा दोब्बर रकम बढाउन लागिएको जानकारी दिनुभयो ।
सचिव भट्टराईले खाद्य पोषण सुरक्षा र कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै औद्योगिकीकरणसँग जोड्ने भन्ने कृषि विकास रणनीति कार्यान्वयनमा ल्याउने चरणमा रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय मकै तथा गहुँबाली सुधार केन्द्र सिमिटका अनुगमन तथा मूल्याङ्कन अधिकृत डिल्ली केसीले नुवाकोटका १८ गाविसमा कार्यक्रम सञ्चालन भइरहेको सबै ठाउँम ट्य्राक्टर प्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो । खानीगाउँ, चाउथे, चतुराले, दाङसिङ, गोस्र्याङ, तारुका, चौघडा, सूर्यमती, लिखु, तलाखु, छाप, काउले, भाल्चे, साल्मे, खरानीटार, रालुका, शिखरबेंसी र कुमरी गाविसमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया