झापामा सयपत्री फूलको अभाव

इनेप्लिज २०७२ कार्तिक २५ गते १३:०९ मा प्रकाशित

313650754काँकडभिट्टा (झापा), २५ कात्तिक । नाकाबन्दीका कारण यसपटक तिहारमा सयपत्री फुलको अभाव भएको छ ।

भारतीय नाकाबन्दीले पूर्वी नाका काँकडभिट्टाबाट फुल आयात हुन नसक्दा र कात्तिक अन्त्यतिर चाड परेकाले बारीमा फुलेका फूल ओइलाउँदा तिहारमा सयपत्रीको अभाव भएको हो ।

पूर्वी नाका काँकडभिट्टा हुँदै यस पटक भारतबाट सयपत्री फूल र माला नभित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

नाकाबन्दीका कारण असहज वातावरणको कारण जनाउँदै यसपटक फुल आयातका लागि कुनै पनि व्यापारीले इजाजत नलिएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अधिकृत भानुदत्त मिश्रले जानकारी दिनुभयो ।

पूर्वी नाकाबाट विगतमा आयात हुने फूल र माला काठमाडौँ, पोखरा, हेडौँटा, चितवन, भैरहवालगायतका स्थानमा जाने गरेको स्थानीय व्यापारीको भनाइ छ । तिहार ढिलो सुरु हुँदा स्थानीय क्षेत्रमा निजी तथा व्यावसायिक प्रयोजनका लागि गरिएका फूलखेतीमा समेत सयपत्री ओइलाइसकेका छन् ।

प्रतिक्रिया