विद्युत् उपभोक्ता मिटर अभावका कारण हैरान

इनेप्लिज २०७२ कार्तिक ४ गते ३:५९ मा प्रकाशित

meterइटहरी, ४ कात्तिक । कोसी पूर्वको सुनसरी, मोरङ र झापा क्षेत्रमा गत वैशाख लागेदेखि नै विद्युत् मिटर नपाएर घरमा बिजुली बाल्नबाट वञ्चित हुँदै आएका छन् ।

ती तीन वटा जिल्लाका सर्वसाधारण विद्युत् उपभोक्ताले आ–आफ्नो घरमा विद्युत् मिटर जडानका लागि विद्युत् प्राधिकरणमा निवेदन दिनेको सङ्ख्या हजाराँै पुगिसकेको छ । तर प्राधिकरणको केन्द्रीय कार्यालयले गत वैशाखदेखि नै नयाँ विद्युत् मिटर उपलब्ध गराउन सकेको छैन ।

प्राधिकरण वितरण तथा ग्राहक सेवा कार्यालय इटहरीले आफ्नो सेवा क्षेत्रका तीन हजारभन्दा बढी विद्युत् उपभोक्ताले गत वैशाखमा नै विद्युत् मिटर उपलब्ध गराउनका लागि आवेदन दर्ता गरेको भए पनि उपभोक्तालाई विद्युत् मिटर दिन सकेको छैन ।

इटहरी प्राधिकरणले योभन्दा अघि नै वितरण गरेको विद्युत् मिटरमध्ये कुनैको नलाग्ने गरी बिग्रिएपछि २५४ जना उपभोक्ताको विद्युत् मिटर परिवर्तन गरेको छ तर ती उपभोक्तालाई समेत प्राधिकरणले नयाँ मिटर उपलब्ध गराउन सक्ने अवस्था नरहेको कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया