मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

इनेप्लिज २०७२ कार्तिक ४ गते ३:५६ मा प्रकाशित

accident-signहेटौँडा, ४ कात्तिक । काठमाडौँबाट रौतहटको गौरतर्फ जान लागेको ना२७प ५२२७ नम्बरको मोटरसाइकललाई ना२४प ८९६६ नम्बरको मोटरसाइकलले गएराति हेटौँडामा ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सो दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालक हेटौँडा उपनगरपालिका–१० बस्ने ३० वर्षीय भेला शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने अर्को मोटरसाइकल चालक रौतहटको लक्ष्मीनियापुर–७ बस्ने २५ वर्षीय राकेश शाह गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल शिक्षण अस्पतालमा लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया