एक वर्ष बित्दा पनि बाटो बनेन

इनेप्लिज २०७२ कार्तिक ४ गते ३:५२ मा प्रकाशित

जाजरकोट, ४ कात्तिक । यहाँको वारेकोट क्षेत्र हुँदै जुम्ला जोड्ने घोरेटो बाटो मर्मत नहँुदा समस्या भएको छ ।

जिल्लाको लहँको कालिमाटी, सक्ला, नायकवाडा, रोकायगाउँ हुँदै जुम्ला जाने बाटो पहिरोले गर्दा बीचबीचमा भत्किएको थियो ।

पहिरोले भत्किएको करिब एक वर्ष बितिसक्दा पनि सरोकारवालाले ध्यान नदिँदा ती गाविसका स्थानीयसँगै जुम्ला जाने र आउने सर्वसाधारण समस्यामा परेको रामीडाडाँका हरिबहादुर थापाले बताउनुभयो ।

बाटो मर्मत नहुँदा दैनिक ५० भन्दा बढी सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यही बाटो भएर दैनिक सयौँ खच्चड दैनिक उपभोग्य सामग्री लिएर आवतजावत गर्ने भए पनि बाटो मर्मत नहुँदा तीन घन्टा उकालो हिँडर बाटो परिवर्तन गर्नुपर्ने बाध्यता छ ।

बाटो परिर्वतन गर्दा बढी दुःख हुनुका साथै भाडा बढी लाग्ने गरेको खच्चड सञ्चालक दानबहादुर वलीले बताउनुभयो । बाटोमा बालबालिका, वृद्धवृद्धा, बिरामीलाई बढी सास्ती भएको छ ।

प्रतिक्रिया