पहिरो हटाएपछि गाडी चल्न थाले

इनेप्लिज २०७२ कार्तिक ३ गते २:३७ मा प्रकाशित

परासी, ३ कात्तिक । नवलपरासीको पहाडी क्षेत्रमा जाने एकमात्र दलदले–बुलिङटार सडकखण्डमा गएको पहिरो हटाएपछि गाडी चल्न थालेका छन् ।

ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको पहाडी क्षेत्रको सडक जिल्ला विकास समितिको सहयोगमा स्थानीयले एकजुट भई पहिरो हटाएपछि सहज रुपमा यातायात सञ्चालनमा आएको हो ।

दुई महिनाअघि गएको पहिरो हटाएपछि अर्खला, धौबादी, जौबारी,भारतीपुर, डेढगाउँ, नरम र मिथुकरमलगायत १७ गाविसका स्थानीयले सहजताको महसुस गरेका छन् । सो क्षेत्रमा दैनिक करिब ५० वटा सवारी साधन सञ्चालनमा छन् ।

नवलपरासीको पहाडी क्षेत्रमा वर्षात्ले गर्दा करिब चार महिना सो भेगमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा खच्चड तथा मानिसबाट औषधि र खाद्यान्न ढुवानी गर्नुुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रतिक्रिया